एनआरएनए अमेरिका : कोलोराडो च्याप्टरमा दुवै समूह एक ठाउँमा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) देखि नै दुई चिरा परेको संस्थामा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत कोलोराडो च्याप्टरका दुई समूह एकै ठाउँमा हुने भएका छन्।
आइसीसीमा महेश श्रेष्ठ र बद्री केसीले आ आफ्नै समूह चलाउँदै आधिकारिकताको खोजीमा छन्। एनआरएनए सम्बन्धी आधा दर्जन मुद्दा नेपालको सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन छ।
काठमाडौँको बाछिटाले एनआरएनए अमेरिकालाई पनि भिजाएको थियो। जसका कारण अमेरिकामा दुई वटा चुनाव भएका थिए। बद्री केसी समर्थित समूहले जुलाईमा चुनाव गरेका थिए। सो चुनावले विकास उप्रेतीको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको थियो।
यस्तै अर्को समूहले अगस्तमा चुनाव गरेको थियो। महेश श्रेष्ठ समूहका पदाधिकारी आ आफ्नो उम्मेदवार लिएर मैदानमा उत्रिएका थिए। जसमा सतेन्द्र साह विजयी भए।
यसै क्रममा कोलोराडोमा दुवै समूहबाट निर्वाचितहरुले एनआरएनएमा एकताको सन्देश दिने भन्दै संयुक्त रुपमा कार्यकाल चलाउने निर्णय गरेको जनाइएको छ।
कोलोराडो विकास उप्रेती अध्यक्ष रहेको एनसीसीका महासचिव आरसी पन्तको गृह राज्य हो।
कोलोराडोमा जुलाईमा भएको निर्वाचनमा च्याप्टर अध्यक्षमा चन्द्र गुरुङ र अगस्तमा भएको निर्वाचनमा निमा शेर्पा विजयी भएका थिए। यी दुवै जना आरसी पन्त निकट हुन्।
‘दुई छुट्टाछुट्टै कार्य समिति चयन भए पनि आपसी समन्वय र समझदारीमा काम गर्ने प्रतिबद्धता जनायौ।‘दुवै समूहका अध्यक्षले समाज टाइम्स सँग भने, ‘हामीले एनआरएनएमा एकता हुनु पर्छ भन्ने सन्देश दिन खोजेका हौ।‘
‘अर्को महिना च्याप्टर हस्तान्तरण गर्ने बेला दुइटै कमिटी एकैचोटी सँगै हुने सहमति गर्यौ।‘ जुलाई निर्वाचनबाट निर्वाचित अध्यक्ष चन्द्र गुरुङले भने।
उनका अनुसार दुवै समितिको पद भने यथावत् रहने छ। ‘हजुर, दुई वटै अध्यक्ष हुने अनि जति पनि अहिले टिम छ त्यही टिम नै लाई एज इट इज गरेर जाने हो। दुइटै उपाध्यक्ष पनि हुन्छ तर जुनसुकै खाले काम आउँछ। एउटै बोर्ड हुन्छ । निर्णय चाहिँ दुइटै कमिटीलाई चाहिँ एउटै बोर्ड बनाएर जाने।‘ चन्द्रले भने।
अनि यो गर्नु थियो त त अस्ति तपाईँ एउटै चुनाव किन नलडेको भन्ने प्रश्नमा गुरुङले सबै कुरा आफ्नो हातमा मात्र नहुने बताए।
‘हामी दुई जना मात्र लडेर भएन नि। निमाजीको ठाउँमा अर्को मान्छे जितेको भए यस्तो नहुन सक्थ्यो।‘ उनले भने, ‘निमाजीको र मेरो जसरी अब मिलेर जान सक्ने वातावरण नहुन सक्थ्यो।‘
गुरुङले पूर्व सल्लाह अनुसार नै यस्तो सहमति भएको बताए।
‘हामी दुवै जनाको विचारको लाइन छ एउटै छ, हामीले जित्यौ भने सहकार्य गर्ने कुरा भएको थियो।‘ उनले कोलोराडोको यो प्रयासले एनसीसीमा विकास उप्रेती र सतेन्द्र साहको समितिलाई पनि एक हुन दबाब हुने बताए।
‘यो भनेको सुरुवात हो कोलराडो बाट गरेको हामीले यो एउटा म्यासेजले के जाओस् भने बिस्तारै सबै च्याप्टर पनि यसरी नै मर्ज हुँदै मर्ज हुँदै गयो भने भोलि केन्द्र पनि मर्ज हुन बाध्य होस् भनेर एउटा सुरुवात गरेको मात्रै हो।‘ अध्यक्ष गुरुङले भने।
अर्का समूहका अध्यक्ष निमा शेर्पाले पनि चन्द्र गुरुङको भनाईमा सहमति जनाए।
‘हामी संसार भरिको एनआरएन दुइटा छैन है, एउटै हो हामी सबै एनआरएन हौ एउटै छाता संगठन हुनुपर्छ भन्ने हो।‘ शेर्पाले भने, ‘हाम्रो आवाज चाही माथि सम्म सुन्नुस् भन्ने हो ।‘
निमा शेर्पाले अगस्टमा भएको चुनावमा अमृत विश्वकर्मालाई हराएका थिए। जुलाईमा भएको चुनावमा चन्द्र गुरुङले दिनेश कुमार श्रेष्ठलाई हराएका थिए।
‘अब हामीले चाहिँ हामी दुई वटा एक भयौ भने देखिन विकास जी र सत्येन्द्र जीले पनि यो हाम्रो जस्तै हामी बाट सिक्छ सिक्नु हुन्छ होला भन्ने छ।‘ शेर्पाले भने ।
उनले अहिले विकास र सतेन्द्र दुबैलाई अध्यक्ष मानेर जाने बताए।
जुलाई २७/ २८ चुनाव
अध्यक्ष : चन्द्र गुरुङ
उपाध्यक्ष : विनोद गुरुङ
सचिव : भुवन सापकोटा
सचिव (प) : कालिमाया गुरुङ
कोषाध्यक्ष : सन्दीप लामा
बोर्ड सदस्य :
सुमन पाठक, सबन पोखरेल र सशन पौडेल
अगस्त १७/१८ चुनाव
अध्यक्ष : निमा शेर्पा
उपाध्यक्ष : हरि गुरुङ
सचिव : सुशान्त पौडेल
कोषाध्यक्ष : सन्दीप लामा
युवा संयोजक : आशिष कटुवाल
बोर्ड सदस्य :
गुण राज थापा,












