ग्रेटर अस्टीन नेपाली चेम्बर अफ कमर्श गठन, अध्यक्षमा सिपी पौडेल
|
Getting your Trinity Audio player ready...
|
अस्टीन, टेक्सस/ अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टीन क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका नेपालीहरूले ‘ग्रेटर अस्टीन नेपाली चेम्बर अफ कमर्श’ गठन गरेका छन्।
यस क्षेत्रमा बसोबास गर्ने कम्पनीका प्रमुखहरूको नयाँ वर्षका दिन बुधवार भएको भेलाले चेम्बर अफ कमर्श गठन गर्ने निर्णय गरेको संस्थाका प्रवक्ता सुलभ पौडेलले जनाकारी दिए।
‘आजको भेलाले सम्पूर्ण व्यवसाय गरी बस्नेहरूको आफ्नो अनुभव , सिप साटासाट गर्ने , नयाँ व्यवसाय थालनी गर्ने साथीहरू लाई अनभुवहरु साझा गर्दै व्यवसायको हक, हित, आपसी सम्बन्ध र सहयोगका लागि गर्ने निर्णय भएको छ ।’ नव गठित संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संस्थाको तदर्थ समितिको अध्यक्षमा सिपी पौडेल रहेका छन्।
‘भेलाले सिपी पौडेलको अध्यक्षतामा तदर्थ समिति निर्माण सर्वसम्मत गर्दै ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । यस कमिटीले विधान निर्माण देखी निर्वाचन सम्मको कार्य सम्पन्न गर्नेछ।’ विज्ञप्तिमा भनिएको छ।
ग्रेटर अस्टीन नेपाली चेम्बर अफ कमर्श तदर्थ समिति
अध्यक्ष: सिपी पौडेल
वरिष्ठ उपाध्यक्ष: महेश रेग्मी
उपाध्यक्ष: अमृत मिश्र
महासचिव: उद्धव खनाल
सचिव: झरना अधिकारी
कोषाध्यक्ष: मञ्जु घिमिरे
प्रवक्ता-सुलभ पौडेल
सदस्यहरु-
हिम ओली
विर्ख खत्री
प्रदीप चौलागाई
विनोद शाह
सामना देवकोटा
ओम भट्टराई
शर्मिला थापा (खनाल )
सन्ध्या गौतम
विनोद श्रेष्ठ
शक्ति यादव
सन्जोग तामाङ
सल्लाहकार-
भुवन आचार्य
बोधराज घिमिरे
पदम ठकुराठी
राजेश्वर निरौला
नारायण पुरी












