ओमिक्रोनका कारण अमेरिकी अस्पतालमा भर्ना हुनेमा खोप नलगाउने बढी
अमेरिका । अमेरिकी स्वास्थ्य र मानव सेवा विभागले ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या एक लाख नाघेको जनाएको छ ।
गत सेप्टेम्बर पछि ओमिक्रोनको कारण अस्पताल भर्ना हुनेको संख्याले ६ अंक पार गरेको पहिलो पटक भएको पनि विभागको भनाई छ । मंगलवार सम्म एक लाख तीन हजार जना अस्पताल भर्ना भएको विभागले रिपोर्ट सार्वजनिक गरेको छ ।
स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको रिपोर्टमा ओमिक्रोनका कारण अस्पतालमा भर्ना भएका मध्ये धेरै जसो खोपको मात्र पुरा नगरेकाहरु रहेको उल्लेख छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको रिपोर्टमा गत साता कोभिडबाट आठ हजार ६ सय ५२ जनाको मृत्यु भएको उल्लेख छ।
खोप मात्र पुरा गरेकाहरुमा ओमिक्रोन संक्रमण नै भए पनि त्यसले सिकिस्त विरामी कम मात्रालाई बनाउने स्वास्थ अधिकारीहरुको दावी छ ।