अमेरिकामा दश लाख भन्दा बढीलाई कोरोना संक्रमण, संख्या अझै बढ्ने चेतावानी
अमेरिका । अमेरिकामा कोराना संक्रमितको संख्या दश लाख भन्दा बढी रेकर्ड भएको छ । स्वास्थ अधिकारीहरुले ओमिक्रोन निकै द्रुत गतिमा फैलीरहकाले संख्या अझ बढ्ने बताएका छन् ।
ओमिक्रोनले अमेरिकामा महामारीको रेकर्डलाई नै भङ्ग गर्ने जनाइएको छ । रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले दिएको तथ्याङ्क अनुसार डेल्टा भाइरसको तुलनामा ओमिक्रोनको फैलावत तिब्र छ ।
जोन्स हप्किन्स युनिभर्सिटीले संकलन गरेको तथ्यांक अनुसार अमेरिकामा मंगवार दश लाख ८० हजार दुई सय ११ केश रेकर्ड भएको जनाएको छ । जोन्स हप्किन्सका अनुसार विश्वको कुनै पनि ठाउँमा नयाँ केसहरूको एक दिनको उच्च संख्या हो।
सात दिनको औसत दैनीक चार लाख ८० हजार नयाँ संक्रमणको रिपोर्ट गरिरहेको छ ।
अधिकारीहरुले अव देशभरि संक्रमण झन बढ्ने जसले गर्दा अस्पताललाई तनावपूर्ण बनाउने चेतावानी दिएका छन् । यस्तै उनीहरुले दैनिक जीवनमा बाधा पुर्याउनेछ भनेका छन् ।
क्रिशमस र नयाँ बर्षको छुट्टि सँग ओमिक्रोन डढेलो सरी फैलिएको हो । विश्व स्वास्थ संगठनले क्रिसमस अगाडिनै विदा रद्द गर्ने आग्रह गरेको थियो । संगठनका अधिकारीहरुले ‘जीवन रहे अर्को बर्ष छुट्टी मनाउला’ भनेर अभियान नै चलाएका थिए ।
तर अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्णरुपमा खोप लगाएकाहरु छुट्टिमा जान सुरक्षित रहेको बताएका थिए । ओमिक्रोन फैलिएकै कारण छुट्टिका समयमा हजारौ उडान रद्द हुदाँ लाखौ यात्रु विचल्लिमा परेका थिए ।
नयाँ वर्षको पहिलो हप्तामा अमेरिकामा ९५ प्रतिशतले ओमिक्रोनका केशहरु बढेको तथ्याङ्कले भनेको छ । रोग नियन्त्रण र रोकथाम केन्द्रहरूको डाटा अनुसार यस अगाडि डेल्टा संस्करणका समयमा ४ दशमलव ६ प्रतिशतमा मात्र केसहरु बढेको देखाएको थियो ।
सीडीसीले नियमित रूपमा भाइरसका नमूनाहरू सङ्कलन गर्छ जसले कोविड निम्त्याउँछ र नयाँ भेरियन्टहरू पहिचान गर्न र अमेरिकामा भाइरसको कुन स्ट्रेन घुमिरहेको छ भनी निर्धारण गर्न तिनीहरूको आनुवंशिक अनुक्रमहरूको विश्लेषण गर्दछ।
संक्रमणको तुलनामा अस्पताल भर्ना दर भने कम छ ।
यसै बीच राष्ट्रपति जो बाइडेनको विद्यालय खुल्ला रहने भन्ने भनाइको तिब्र आलोचना भइरहेको छ । न्यूयोर्क शहरका नयाँ मेयर एरिक एडम्सले पनि सोमवार नै बालबालिकाहरुका लागि विद्यालय भवनलाई सबै भन्दा सुरक्षित भनेका थिए ।
राष्ट्रपति बाइडेनले मंगलवार केशहरु बढीरहेको स्वीकार गरेका छन् । तर उनले खोप लगाएका व्यक्ति सुरक्षित रहेको बताए । ‘बढ्दो केसहरूको बारेमा चिन्ता र केही पर्याप्त भ्रम रहेको छ, तर अधिकांश अस्पताल भर्ना र कोविडबाट हुने मृत्युहरू खोप नभएकाहरू हुन् ।’
फोटो : यूएस डिपार्टमेन्ट अफ हेल्थ एण्ड हुमन सर्भिस















