नेताहरुको सम्झनामा आयोजना गरिने खेलकुदलाई बजेट माग
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई नयाँ आर्थिक वर्ष ०८१।८२ को बजेटमा समावेश गर्नका लागि ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन नेतृत्वको टोलीले सदस्यसचिव घिसिङलाई नेपाली राजनीतिमा योगदान गर्ने विभिन्न नेताहरुको सम्झनामा आयोजना गरिने खेलकुद प्रतियोगिताहरुका लागि बजेट विनियोजन गराइदिन माग गरेका हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले गणेशमान सिंह बक्सिङ, कृष्ण प्रसाद भट्टराई कराते, किसुनजी हाफ म्याराथन, सुवर्ण शमसेर क्रिकेट, मैयादेवी क्रिकेट, बिपी कोइराला भलिबल, भीमबहादुर तामाङ उसु, शैलजा आचार्य चेस, महेन्द्र नारायण निधि क्रिकेट र योगेन्द्रमान शेरचन साइकल प्रतियोगिताका लागि बजेट माग गरेका छन् ।
ज्ञापनपत्र बुझेपछि सदस्य सचिव घिसिङले अहिले पनि विभिन्न प्रतियोगितामा सहकार्य भइरहेको बताउँदै नयाँ कार्यक्रमका लागि बजेट थप गर्ने पहल गर्ने प्रतिवद्धता जनाए ।








