अमेरिकाका पूर्व राष्ट्र्रपति ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना, तीन वर्ष न्यू योर्कमा ब्यावसाय गर्न रोक
पेन्सिल्भेनिया/ दीवानी धोका मुद्दा (सीभिल फ्रड केश) मा दोषी ठहर गर्दै न्यू योर्कको जजले पूर्व राष्ट्र्रपति डोनाल्ड ट्र्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना सहित तीन वर्ष न्यू योर्कमा ब्यावसाय गर्न रोक को सजाय सुनाएका छन् ।
म्यानह्याटन सुप्रिम कोटका जज आर्थर इ. इनगोरन ले ट्र्रम्प लाई ब्यावसायको सन्दर्भमा दीवानी धोका मुद्दा मा दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हुन् ।
ट्रम्पलाई न्यू योर्कमा दर्ता भएका कुनै पनि वित्तिय सस्थाबाट ऋण लिन लाई समेत तिन वर्ष प्रतिवन्ध गर्ने निर्णय अदालतले गरेको छ ।
यो निर्णय विरुद्ध ट्रम्प अमेरिकी सर्वोच्च अदालत जाने आँकलन गरिएको छ । रिपब्लीकन पार्टीका आगामी राष्ट्र्रपति लगभग र्निविकल्प उमेदवारका रुपमा देखा परेका ट्र्रम्प माथि धेरै मुद्धाहरु अदालतमा विचाराधीन छन् ।
उनले आफू लाई यस्ता मुद्धामा इम्यिुनिटी (छुटकारा )दिनु पर्ने भन्ने अपिल पनि पुरनावेदनले अस्विकार गरेको छ । यो निर्णय विरुद्ध पनि उनि सर्वौच्चको दैलो कुरी रहेका छन् ।
अदालतका एक पछि अर्को प्रतिकुल निर्णयले ट्रम्प राष्ट्र्रपतिको दौड कसरी अगाडी बढ्नेछ । यसमा सर्वथा चासो को विषय बन्दै छ ।














