काजल अन्तर्राष्ट्रिय रेफ्री
काठमाडौँ/ तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दोले लिएको परीक्षामा उत्तीर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौँ जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी काजले गत डिसेम्बर ७ देखि १० तारिखसम्म अन्तर्राष्ट्रिय तेक्वान्दोले कोरियाको मुजुमा लिएको परीक्षामा सामेल भएकी थिइन् ।
काजल १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता हुन् ।
काजले सन् २०२३ अगस्टमा कोरियामा भएको एमबीसी कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा रजत जितेकी थिइन् भने २०२३ मै अजरबैजानमा भएको तेक्वान्दोको विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् ।














