एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास
धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । बिहीबार धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका थिए ।
आक्रमण गर्ने ति व्यक्तिलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका थिए । आक्रमण गर्ने व्यक्ति महालक्ष्मी ५ धनकुटाका महेश राई रहेको खुलेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










