परराष्ट्रमन्त्रीले भने ‘प्रक्रिया अनुसार नै एनआरएनबारे निर्णय हुन्छ’

पेन्सिल्भेनिया । परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनको नविकरणको विषयमा सरकारले अध्ययन गरिरहेको बताएका छन् ।
जर्मनीको फ्रान्कफर्ट विमानस्थलमा विहीबार पत्रकार महासंघ युरोपका अध्यक्ष कजिन राईसँग कुरा गर्दै अक्टोबर १९ तारिखमा भएको एनआरएनएको निर्वाचनको वारेमा जानकार रहेको बताउँदै नियम अनुसार प्रक्रिया अघि बढ्ने जवाफ दिए ।
निर्वाचनका विषयमा प्रश्न उठिसकेपछि तत्कालिन तीनै जना अध्यक्षले छानविन छानविन पछि मात्रै परिणाम सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको पनि स्मरण गरे । तर, अहिलेसम्म छानविनको प्रतिवेदन लिएर परराष्ट्रमा तत्कालिन तीन अध्यक्ष (कुल आचार्य, रविना थापा र डा. बद्री केसी) कोही पनि नआएको बताए ।
एनआरएनको विषयमा चुनाव लडेका ३ मध्य २ जना उम्मेदावरले निर्वाचनको छानविन गर्नका लागि पनि निवेदन दिएको पनि बताए । एनआरएनको विषयमा सरकारले चाँडै निर्णय गर्ने बताउँदै विधि र प्रक्रिया अनुसार नै निर्णय हुने पनि बताएका थिए ।
अक्टोबर १९ मा भएको निर्वाचनमा भेरो भोटिङबाट निर्वाचन गर्दा एक जना उम्मेदवारको काठमाडौंबाटै हालेको मत संख्या सून्य आए पछि सुरु भएको विवाद अझैं साम्य भएको छैन । जसका कारण डा. बद्री केसीले एनआरएन सचिवालय बालुवाटारबाट काम गर्दै आएका छन् भने आरके शर्माले पनि समानान्तर गतिविधि गरिरहेका छन् ।
जसले गर्दा एनआरएन अहिले अनौपचारिकरुपमा २ समूहमा विभाजित देखिएको छ । दशौं सम्मेलनका बेला पनि एक समूह बाहिर रहेर समानान्तर गतिविधि गर्दै आएको थियो ।
यसरी अहिले एनआरएन तीन समूहमा रहेको छ । सरकारले तीनै समूहलाई एक बनाउने प्रयास पनि गरेको बुझिएको छ । तर अहिलेसम्म एउटै बनाउने कुरा भने सार्थकरुपमा अघि बढेको छैन । उता, वद्री केसी समूहले भने परराष्ट्रले नविकरण रोकेको भन्दै अदालत जाने तयारी गरिरहेको छ । केसी समूह र आरके समूह दुवैले आधिकारिकताको दावी गर्दै परराष्ट्रमा निवेदन पनि दर्ता गरिसकेका छन् ।