एमसीसी परियोजना कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गर्ने समेत बताए ।
परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने र विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ ।
नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए ।
उक्त कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले एससीसी परियोजना नेपालका लागि महत्त्वपूर्ण रहेको बताए ।
यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्त्वपूर्ण रहेको उनको भनाई छ ।












