क्यानको नेतृत्वमा चन्दले नै दोहोर्याउने
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा आज हुँदै छ । यसअघि २०७६ असोज १० र ११ गते आइसीसीको रोहबरमा भएको निर्वाचनबाट अहिलेको नेतृत्व चयन भएको थियो ।
यसपालीको साधारणसभा काठमाडौंको बालुवाटारमा रहेको आम्रपाली ब्यांकेटमा आज दिउँसो साधारणसभाको उद्घाटन गर्ने कार्यतालिका रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
साधारणसभाको उद्घाटन मध्यान्ह साढे १२ बजे कार्यबहाक प्रधानमन्त्री पुर्णबहादुर खड्काले गर्ने छन् । भोलिसम्म चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । क्यानको चुनावी साधरणसभामा ८६ जनाले सहभागीता जनाउने छन् त्यसका लागि सबै प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने छन् भने सचिवमा पारस खड्काको सम्भावना रहेको छ । विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने तयारी पनि गरिएको छ ।














