युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौ जिल्ला समितिको दोस्र अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरुमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए ।
उनले भने ‘ नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ यति धेरै व्याकुलता छटपटी छ । युवाहरुमा पलायनको एउटा होड छ की कसले पहिला नेपाल छोड्ने भनेर । युवाहरुको निराश भईरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ । ’
महामन्त्री थापाले आफ्नो भविष्यको लागि छटपटाईरहेका युवाहरुलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए ।
बहुमतको सरकारले मात्र केही हुँदैन, जनताको विश्वासले सबैभन्दा अर्थ राख्छ : थापा
महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चातकाृ पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।
उनले भने ‘ पूर्ण बहुमतमको सरकारले पनि केही हुँदैन रहेछ । राजनीतिक दल प्रति नागरिकहरुको विश्वास चाहिने रहेछ । कतिको विश्वास गरेका छन भन्ने कुराले अर्थ राख्ने रहेछ । नेपाली जनताले नै माथि लाने हो भने जनताले नै रोडमा झार्ने हो । ’
महामन्त्री थापाले सेवा गर्ने बेलामा कांग्रेसले टोपी खोल्न नहुने बताए । एक जनाले मात्र गरेर केही नहुने बताउँदै उनले हरेक काम टिममा समय सीमा राखेर गर्नुपर्ने बताए ।
नेपाल न्युज बैक