राखेप कर्मचारी आन्दोलनामा सातब्यापी विरोधका कार्यक्रम घोषणा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीले आन्दोलन घोषणा गरेका छन् । राखेप कर्मचारी संघले बढुवालगायतका आफ्ना माग सम्बोधन नभएको भन्दै श्रावण २६ गते शुक्रवारका दिनदेखि प्रथम चरणका संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी हुन् ।
उनले कर्मचारी संघले खेलकुद मन्त्री, मन्त्रालयका सचिव, परिषद्का उपाध्यक्ष लगायत परिषद्का सदस्य सचिवलाई ३ दिनको समयसिमा दिई ज्ञापन पत्र बुझाए पनि ज्ञापन पत्रको माग अनुसारको सकारात्मक सम्बोधन नआएले आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।
पत्रकार सम्मेलनमा केसीले विगत २७, २८ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको बढुवा नभएको र खेलाडीहरुलाई सरकारले कदर गर्न नसकेको अवस्थामा खेलाडीहरु विदेशी बाध्य भएको भन्दै सरकारले यो क्षेत्रलाई प्राथमिकतामा नराखेको बताईन् ।
यस्ता छन् , संघर्षका कार्यक्रमहरु
१) २०८० श्रावण २६ गते शुक्रवारका दिन बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोण सभा कार्यक्रमको आयोजन गर्ने ।
२) २०८० श्रावण २८ देखि ३० गते सम्म कालो पट्टि बाँधि नियमित कार्यालयको काम गर्ने ।
३) २०८० श्रावण ३१ गते बुधवारका दिन कालो पट्टि बाँधि १ घण्टा, श्रावण ३२ गते बिहिवारका दिन र भाद्र १ बिरोध जनाउने । गते शुक्रवारका दिन कालो पट्टि बाँधि २ घण्टा पेन डाउनगरी विरोध जनाउँने











