नापी तथा मालपोतमा अनलाईन प्रणाली विकास गरिएको छ : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्री रञ्जिता श्रेष्ठले, नापी तथा मालपोत कार्यालयका काम सरल र सहज बनाउन अनलाईन प्रणालीबाटै काम हुने व्यवस्था गरिएको दाबी गरेकी छिन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले नापी र मालपोतलाई एकीकृत सेवा प्रणालीका आधारमा संचालन गर्ने गरी कार्य अघि बढाइने बताइन् । ‘नापी र मालपोत एकीकरण गरी चालु खर्चमा कटौती समेत हुने र जग्गा प्रशासन सेवामा प्रणालीको विकास गरी स्थानीय तह मार्फत सेवाहरु प्रदान गर्ने गरी कार्यक्रम अगाडी बढाईनेछ । ’
नापी कार्यलय र कालपोत कार्यलयहरुमा सेवा प्रवाहको लागि अनलाईन प्रणालीको विकास भएको भन्दै उनले त्यसको कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताइन् ।
सहकारी ऐन अनुसार सहकारीको निरन्तर अनुगमन र निरीक्षणको काम भइरहेको उनको दाबी छ ।














