एमाले र रास्वपामा धेरै फरक छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले संसद तीन दलको पेवा नभएको बताएका छन् ।
केही दिन अवरुद्ध भएपछि सोमबार अपरान्ह सुरु भएको प्रतिनिधिसभाको बैठकमा सांसद लामिछानेले संसदमा भएको अन्य दलको अस्तित्वप्रति हेक्का राख्न चेतावनी दिए ।
उनले भने ‘ रास्वपा आफ्ना र जनताका मुद्दामा उभिएको छ । त्यो कुरामा हेक्का होस् । प्रतिपक्षमा हुनुुका पनि यसका आफ्ना मुद्दा छन् । यस कारण रास्वपा अरुकुनै दलको मुद्दामा हैन् आफ्ना मुद्दा जनताका मुद्दामा उभिएको छ त्यसमा आफ्नै स्वतन्त्र अस्तित्व छ । यसबारेमा हेक्का होस भन्ने कुरा सदनमा राख्न चाहन्छु । ’
सांसद लामिछानेले प्रमुख प्रतिपक्षले जे बोल्यो त्यो नै हाम्रो भास्य हो भन्ने कुरा प्रमाणित गर्ने किसिमको जालसाजी भएकोप्रति पनि आपत्ति जनाए ।
उनले भने ‘ प्रधानमन्त्रीले बोलेको कुरा आपत्तिजनक छ । त्यसमा प्रधानमन्त्रीले प्रष्ट पार्नु पर्छ । प्रधानमन्त्रीले सार्वभौम देशको अस्तित्वलाई नै प्रश्न खडा गर्ने काम गर्नु भयो यो आपत्तिजनक छ ।’