चार बुँदे प्रतिबद्धतासहित कांग्रेस जिल्ला सभापतिहरूको दुई दिने भेला सम्पन्न
काठमाडौँ । पार्टीको १४ औँ महाधिवेशनपछि नेपाली कांग्रेसले पहिलो पटक बोलाएको जिल्ला सभापतिहरूको दुई दिने भेला सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा बिहीबार र शुक्रवार आयोजित जिल्ला सभापतिहरूको दुई दिने भेला १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्न भएको हो ।
शुक्रवारको बैठकमा जिल्ला सभापतिहरू— योगेन्द्र पञ्जियार (धनुषा), रूपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (बर्दिया) र रमेशकुमार महत(नुवाकोट)ले आ–आफ्नो धारणा राखेका थिए ।
यस्तै जिल्ला सभापति कारणवश अनुपस्थित रहेका जिल्लाका हकमा का.वा. सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति वीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवहरू— बाल दीप कँडेल (सुर्खेत), अजय लुइँटेल (ओखलढुङ्गा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधिहरू— मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर) ले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकको अन्त्यमा, पार्टीका महामन्त्री द्वय– गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरूलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस अघि बिहीबार उद्घाटन दिनको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएका थिए ।



















