दाहाललाई प्रधानमन्त्री बनाउन भोट हालेकोमा हात किरा परे जस्तो भयो : सांसद सिंह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डलाई भोट हालेको आफ्नो हातमा किरा परेको जस्तो भएको बताएका छन् ।
शुक्रवार सबै दलका प्रतिनिधि सांसदसहित बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद् नियमित गर्नेबारे ठोस सहमति नभएपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै सांसद सिंहले दाहाललाई सुध्रिन्छ कि भनेर भोट हालेको बताए । तर उनलाई भोट हाल्न धिक्कार भएको पनि सिंहको ठहर छ ।
उनले भने ‘ उहाँले जुन ढङ्गले बोल्नु भयो हिजो भोट हालेको त धिक्कार नै रहेछ यो हात त किरै परेर हालेको जस्तो भयो । यस्तो छ भनेर थाहा पाएको भए रामोराम हाल्दैन थिए । सुध्रिन्छ की रत्नकारबाट वाल्मीकि जस्तो बन्ला कि भनेर ठोकेको थिए अब त्यस्तो अभिव्यक्ति आयो । उहाँ कुरा गर्न सिपालु हुनुहुन्छ । तर ज्यादा मिलाउँदा मिलाउँदा चिप्लेको थाहा नै पाउनु भएन यसपालि । ’
















