मध्यरातमा बनारसका सडक अवलोकनमा निस्किए मोदी
मोदीलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले साथ दिएका थिए । विभिन्न क्षेत्रको अवलोकन गरेपछि मोदीले गंगामा स्नान गरेर काशी विश्वनाथ मन्दिरको दर्शन गरेका थिए ।
उत्तर प्रदेशमा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ । बनारस भ्रमणको विभिन्न तस्विर मोदीले ट्विट गरेका थिए । मोदीले रेल कनेक्टिभिटी चुस्त र सुबिधा सम्पन्न बनाउन निर्देशन दिएका थिए । मोदीले रेलमार्ग स्टेसन बृद्धि गरिने पनि प्रतिबद्धता जनाएका थिए ।
एजेन्सी










