निजी क्षेत्र र सरकारबीच एकता र सहकार्य जरुरी : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले सरकार र नीजि क्षेत्रविच बलियो एकता र सहकार्यले मात्र दिगो विकास सम्भव रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारण सभामा उनले सरकार नीजि क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारका लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध छ ।
नेपालको संविधानल अर्थनीतिको सवैधानीक वयवस्था गर्दै नीजि सार्वजनीक र सहकारिको अगाडी सारेको कुरा हामी सबैलाई थाहा छ । सरकार र नीजि क्षेत्रविच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा पुरा गर्न सकिन्छ भन्ने मान्यता छ ।
नीजि क्षेत्रको सहकार्य बिना दिगो विकास सम्भव छैन् भन्ने कुरामा सँधै स्पष्ट र दृढ रहँदै आएको छ । अर्थतन्त्रमा सुधार ल्याउन नीजि क्षेत्रमा गहिरो सहकार्य र बलियो एकता आवश्यक महसुुस गरी अर्थतन्त्र सुधार सम्बन्धी केहि नीतिगत निर्णय लिएको छु । नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरको उनको भनाई छ ।










