म जीन्दगी भर कमण्डलु बोकेर हिड्ने खालको मान्छे होइन्
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफूलाई कतिपयले जीन्दगी भर गेरु बस्त्र लगाएर कमण्डलु लिएर हिडोस् भन्ने सोचेपनि आफू त्यस्तो नभएको तर्क गरेका छन् ।
भारत भ्रमणका क्रममा, मध्य प्रदेश राज्यस्थित उज्जेन सहरमा रहेको प्रसिद्ध महाकालेश्वरको दर्शनका क्रममा प्रचण्डले गेरु बस्त्र लगाएको विषयमा आलोचना भइरहेका बेला उनले शनिबार नेपाल फर्किनासाथ विमानस्थलमै ‘कतिपयलाई जीन्दगी भर कमण्डलु लिएर हिड्दियोस भन्ने नी लाग्या होला तर म त्यस्तो मान्छे होइन’ भनेका हुन् ।
प्रचण्डले ‘गेरु वस्त्र’ लगाएर आफूले भारतका अर्बौं जनताको मन जित्ने काम गरेको बताए।
त्यो मन्दीरको चलन नै त्यही भएकाले आफूले उनीहरुको चलनलाई सम्मान गरेको उनको भनाई छ । ‘म कम्युनिस्ट मात्र होइन, प्रधानमन्त्री पनि हो नि त। म सँग हुने सेक्युरेटिले सकेसम्म गेरु वस्त्र नलगाउन निकै बल गर्नुभयो। तर त्यहाँ लाउनैपर्ने नीति रहेछ। मैले त्यहाँ लाउँदिन भनेको भए के हो नेपाल सरकार भनेर भन्थे अहिले भारतका अर्बौं मान्छेको मन खुुसी भएको छ,’ उनले भने।
त्यस्तै १ सय ८ रुद्राक्ष चढाएको विषयमा पनि उनले परराष्ट्रमन्त्रीले लगेको हो रुद्राक्ष आफूले छुन्न भन्न नमिल्ने भन्दै आफ्नो पत्नीको स्वास्थ्यका लागि सब गरेको भन्ने धारणा प्रति चित्त दुखाए ।
‘ दुनीयाँलाई थाहा छ मेरो पत्नीको रोग निको नहुने रोग हो भनेर’ आफू मुलुकको नेतृत्व गरेर कयौं देशको हितमा केही गर्न गएको भन्दै ‘आफ्नो पत्नी बचाई पाउँ भन्छु त मैले’ भने ।
राम्रा काम गर्ने समृद्धीका लागि गर्ने भनेर लागेका छौ । दुईचार जनाले कसरी आलोचना गरे भन्ने भन्दा पनि अगाडि बढ्नु ठुलो कुरा भएको उनको भनाई छ ।












