छैैटौं सन्तानका पिता बने बेलायती प्रधानमन्त्री जोनसन
शिशु र आमा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको जनाइएको छ । ५७ वर्षीय जोनसनका दोस्रो श्रीमती म्यारिया ह्विलरको तर्फबाट चार सन्तान छन् । अहिले क्यारीतर्फबाट दुई सन्तान भएका छन् । जोनसनले यही मे महिनामा क्यारीसँग गोप्य ढंगले विवाह गरेका थिए । विवाहअघि नै उनीहरुले पुत्र जन्माएका थिए ।
सेप्टेम्बरमा एक अन्तर्वार्तामा उनले दुई श्रीमतीको तर्फबाट गरी ६ सन्तान भएको बताएका थिए ।










