‘पर्वत समाज अमेरिका कप’ भलिवलको उपाधि रिजउडलाई

बाल्टिमोर,अमेरिका / ‘पर्वत समाज अमेरिका कप’ अन्तरराज्य भलिवल प्रतियोगिताको उपाधि रिजउड सोसाइटी न्यूयोर्कले जितेको छ।
पर्वत समाज अमेरिकाको आयोजनामा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतवार भएको फाइनलमा कोलम्वसलाई तीन शुन्यको सेटमा हराउदै रिजउडले उजाधि लगेको हो।
फाइनल खेल्लु अगाडि आइतवार नै भएको सेमीफाइनलमा रिजउडले बाग्लुङ्ग समाज ए टिम मेरिल्याण्डलाई हराएको थियो। प्रतियोगितामा फाइनल र सेमीफाइनल बेष्ट अफ फाइभको आधारमा खेलाइएको थियो। अन्य खेल बेष्ट अफ थ्रीमा खेलाइएको थियो।
प्रतियोगिताकै सबै भन्दा प्रतिस्पर्धी खेल रिजउड र बाग्लुङ्ग ए बीच भएको थियो। जुन खेलमा रिजउड ३-२ ले विजयी भएको थियो।
यस्तै अर्को सेमीफाइनलमा कोलम्वसले आयोजक पर्वत समाज ए टिमलाई तीन एकको सेटमा हराएको थियो।
यस अगाडि आइतवार नै भएको अन्तिम क्वाटर फाइनलमा पर्वतले योङ्ग बल्ड पेन्सिलभेनियालाई दुई एको सेटमा हराएको थियो।
१२ टिमको सहभागितामा शनिवार र आइतवार गरि दुई खेल भएका थिए। पहिलो दिन लिग चरण र तीन क्वाटर फाइनल खेल भएका थिए।
फाइनल खेलमा कोलम्बसका रोशन मल्ल म्यान अफ दिन म्याच घोषित भए।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी रिजउडका सोनाम धेन शेर्पा भए। बेस्ट बल्कर रिजउडकै विपिन कुँवर बने।
कोलम्वसका प्रेम कार्की स्पाइकरमा र विज्ञान भट्टराई सर्वरमा उत्कृष्ठ भए। बाग्लुङ्ग समाजका बुद्दि खड्का डिफेन्समा उत्कृष्ठ भए। बेष्ट लिफ्टर रिजउडका सविन थापा।
प्रतियोगितामा विजेता टिमका लागि पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पुरस्कार, मेडल र ट्रफि पायो। यस्तै दोस्रो हुने टिमले तीन हजार तीन सय ३३ अमेरिकी डलर नगद र मेडल पायो।

प्रमुख अतिथि पूर्व सांसद ऋषिकेश तिवारी लगायतले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए।
पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्माको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा मेरिल्याण्ड राज्य संसदका डेलिगेट्स ह्यारी भण्डारी,गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, एनआरएन अमेरिकाका सचिव अनुप खनाल, एनआरएनए मेरिल्याण्ड च्याप्टर सभापति एवं डेलभरका लागि पर्यटनदूत राजु पराजुलीको उपस्थित रहेको थियो।
यसै बाल्टिमोर एशोशिएशन अफ नेपालीज इन अमेरिका ( बाना) पूर्व अध्यक्ष एवं प्रवासी नेपाली मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष प्रभु थापा, बानाका अध्यक्ष सुबोधविलास पन्त लगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए।
कार्यक्रममा मुख्य प्रायोजक नमस्ते नेपाल बार रेस्टुरेन्टका शालिक वाग्ले रहेका थिए। उनले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर सहयोग गरेका थिए। यस्तै आयोजक पर्वत समाजका महासचिव उमाकान्त शर्मा ‘रमेश’ तीन हजार तीन सय ३३ अमेरिकी डलर प्रायोजन गरेका थिए।
प्रतियोगितमा हाल कोल्बसबाट खेल्दै आएका राष्ट्रिय खेलाडी गंगा बस्नेतलाई सम्मान गरिएको थियो।
फोटो : सन्देश कुमार खड्का
र यो पनि …
‘पर्वत समाज अमेरिका कप’ भलिवल : बाग्लुङ्ग, रिजउड र कोलम्वस सेमीफाइनलमा