अमेरिकामा नेपाली समाजका लागि पीए गुठीको ‘खोप शिविर’

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका / अमेरिकी नेपाली समुदायमा कोरोना भाइरस विरुद्दका नयाँ खोपबारे चेतना जगाउन पेन्सिलभेनिया नेपाली गुठी (पीएगुठी)ले खोप शिविर आयोजना गरेको छ।
पेन्सिलभेनयाको मोन्टगोमेरी काउन्टी रहेको गुठीको कार्यलय भवन परिषरमा आइतवार शिविरको आयोजना गरिएको हो। दुई जेष्ठ नागरिक ९६ बर्षीया आइतमाला लामा र ९३ बर्षीया नोर्गेन मोक्तानलाई खोप लगाएर शिविरको उद्धाटन गरिएको थियो।
फिलिप जयसोन मेमोरियल फाउन्डेशनको सहकार्यमा गुठीले आयोजना गरेको शिविरमा ४० भन्दा धेरैले खोप लगाएका थिए।
खोपबारे सही जानकारी दिन तथा सर्वधारणमा रहेको मिथक र अफवाहरु रोक्न पनि कार्यक्रम गरिएको गुठीको भनाई छ।

कोरोनाको नयाँ लहरहरु आइरहेको र त्यस बिरुद्द नयाँ खोप पनि विकास भए पनि कतिपय नेपाली समुदाय बेखवर भएकाले यस्तो कार्यक्रम गरिएको फाउन्डेशन र गुठीकी प्रतिनिधि रज्जु मल्ल ढकालले समाज टाइम्सलाई बताइन्।
‘कोभिडको महामारी कम भए पनि यो अन्त भएको छैन, पटक पटक विभिन्न लहरहरु आइरहेका छन्, विश्वमा जुनशुकै ठाँउमा शुरु भए पनि संसारभर फैलिहाल्छ। नयाँ नयाँ भाइरस सँगै खोपहरु पनि नयाँ आएका छन्। तीनका बारेमा हाम्रो समुदायलाई चेतना जगाउन कार्यकम्र गरेका हौ।’ उनले भनिनन्।
सीडीसीको गाइडलाइनले पहिला तीन पटक सम्म खोप लगाएकाले पनि नयाँ खोप लगाउनु पर्ने भनेको छ। तर त्यसबारेमा कतिपय नेपाली समुदाय बेखवर रहेको आफुहरुले पाएको रज्जुको भनाई छ।
‘कतिलाई तीन पटक खोप लगाए अब पर्दैन भन्ने रहेछ कतिलाई यसबारेमा थाहा नै रहने छ।’ रज्जुले भनिन्, ‘कतिपयले भ्याक्सिनका बारेमा भ्रम फैलाएका पनि रहेछन। सीडीसीले त्यो चिर्न मित्थाहरु भ्रमहरु हटाउन काम गरिरहेको छ, हामीले पनि त्यो गर्न खोजेका हौ ।’
उनले यो बुस्टर जरुरी रहेको बताइन। ‘यसले रोग नलाग्ने भन्ने होइन तर रोगका कारण मरिन्न भन्ने छ।’
‘बाइभ्यालेन बुस्टरबारे जो सचेत छन उनीहरुले आफै लगाएका छन् जो यस बारेमा सचेत छैनन उनीहरुका लागि हो।’ उनले भनिनन्। रज्जुले अमेरिकाभरी जुनसुकै राज्यमा बस्ने पनि यो खोप लगाएर आफु सुरक्षित हुन आग्रह गरिन।
शिविरको अन्तमा गुठीका अध्यक्ष विमल मोक्तानले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे। ‘हिजो कोरोनाका महामारीको समय जुन बेला फ्रण्ट लाइनमा काम गर्नेहरुका लागि खोप पाउन गाह्रो थियो त्यो समयमा पनि हामीले समुदायलाई खोप सेवा दिएका थियौ, अहिले जतासुकै पाइन्छ तर पनि हाम्रो कार्यक्रममा आइदिनु भयो धन्यवाद ज्ञापन गर्दछु।’
यस्तै फिलिप जयसोन मेमोरियल फाउन्डेशनका अध्यक्ष तथा सीईयो जर्ज एस चोले नेपाली समुदाय सँग काम गर्न पाउदा आफु उत्साहित हुने गरेको बताए।
‘अन्यत्र सयौ मान्छे आउछन भनेर हामी जाँदा सात जना मात्र थिए तर यहाँ त धेरै जनाले खोप लगाए, नेपाली समाज एकताबद्द भएको देखे त्यो राम्रो हो म नेपाली समुदाय सँग काम गर्न पाउदा खुसी छु ।’ उनले भने।
डाक्टर फिलिप जयसोनले आप्रवासीहरुको स्वास्थको क्षेत्रमा काम गरेको र उनैको लिगेसी बोकेर आफुहरुले कार्यक्षेत्र तय गरेको अध्यक्ष जर्जको भनाइ थियो।
अध्यक्ष जर्जका अनुसार फिलिप जयसोन पहिलो कोरियन अमेरिकी नागरिक हुन् जसले अमेरिकामा अध्ययन गरेर चिकित्सक भएका थिए।
‘एक सय वर्ष भन्दा पहिला डाक्टर जयसोन यही बस्थे । उनले शुरुका दिनमा आप्रावासीहरुलाई स्वास्थ क्षेत्रमा सहयोग गरेका थिए। उनैलाई पछ्याउदै हामीले कार्यक्रम गरेका हौ।’ फाउन्डेशनको अध्यक्ष जर्जले अगाडि भने, ‘शुरुका समयमा धेरै कोरियनहरु यहाँ आउथे जसको बीमा थिएन त्यस्तालाई उनले सहयोग गर्थे।’
गुठी पेन्सिलभेनियामा नेपाली समुदायका लागि सक्रिय संस्था हो। गुठीले स्थानीय निकाय सँग सहकार्य गर्दै समुदायका लागि काम गर्दै आएको छ। गुठीको कामबाट प्रभावित हुँदै काउन्टी सरकारले झण्डै पाँच लाख अमेरिकी डलर अनुदान दिएको छ।
अमेरिकामा सरकारी निकायबाट एकै पटक ठूलो मात्रामा आर्थिक अनुदान पाउने गुठी पहिलो संस्था हो।
खोप शिविर भिडियोमा
र यो पनि …
अमेरिकी स्थानीय सरकारबाट पेन्सिलभेनिया नेपाली गुठीले पायो पाँच लाख डलर अनुदान