अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प अदालतमा उपस्थित, आफुमाथिको आरोप अस्वीकार
न्यूयोर्क / अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय आफुमाथि लागेको आरोपहरु अस्वीकार गरेका छन्।
म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी एल्भिन ब्रागद्वारा बोलाइएको म्यानहट्टन ग्रान्ड ज्युरीमा मंगलवार उपस्थित हुदै उनले आफु माथिको आरोप अस्वीकार गरेका हुन्।
ट्रम्प माथि महिला सँगको कथित सम्वन्ध लुकाउन चुनावी प्रयोजनको रकम खर्च “हश मनी” गरेको लगाएतका ३४ आरोप छ। सम्पूर्ण आरोप अझै सार्वजनिक भएको छैन्।
ट्रम्प र उनका सहयोगिले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावको प्रचारको क्रममा सन् २००६ को एक सम्वन्ध लुकाउन पैसा खर्चेका थिए। घटना दबाउने योजना मार्फत चुनावी कानूनको उल्लङ्घन गरेको आरोप ट्रम्प माथि लगाइएको छ।
ट्रम्पले पैसा खर्च गरेका ती दुई महिला वयस्क चलचित्र अभिनेत्री स्टर्मी डेनियल र पूर्व प्लेब्वाई मोडल करेन म्याकडोगल थिए।
डेनियललाई एक लाख तीस हजार अमेरिकी डलर भुक्तान गरेको आरोप छ। डेनियलले सन् २००६ मा लेक टाहो होटलमा ट्रम्पसँग गरेको कथित सम्पन्ध गरेको र त्यसमा मौन बस्नका लागि पैसा दिइएको बताएकी थिइन।
ट्रम्पका पूर्व व्यक्तिगत वकिल माइकल कोहेनले भनेका छन् कि उनले डेनियल र म्याकडोगललाई भुक्तानीमा ट्रम्पसँग समन्वय गरेका थिए। ट्रम्पले कुनै एक महिलासँग यौनसम्बन्ध राखेको अस्वीकार गरेका छन् तर कोहेनलाई क्षतिपूर्ति दिएको स्वीकार गरेका छन्।
ट्रम्प माथि अभियोग लगाउदै जुरीले आत्मसमर्पण गर्न भनेको थियो। उनी मंगलवार दिउसो हाजिर भएका हुन्। यस क्रममा उनको फिंगरप्रिन्ट लिइएको जनाइएको छ।
ट्रम्पले अदालतमा प्रवेश गर्दा र करिब एक घण्टापछि बाहिरिँदा कुनै प्रतिक्रिया दिन मानेनन्। उनले यसअघि भने आफुमाथिको आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित भनेका थिए।
गाढा नीलो सूट र रातो टाई सजिएका ट्रम्प आपराधिक आरोपहरूको सामना गर्ने बहालवाला तथा पूर्व राष्ट्रपतिमा पहिलो हुन्।
सार्वजनीक फोटाहरुमा ट्रम्प, आफ्ना वकिलहरूको साथमा देखिएका छन्। ७६ वर्षिय ट्रम्पले आफु दोषि नभएको भन्ने बयान दिएको उनका वकिलले बताएका छन्।
ट्रम्पका वकिल टोड ब्लान्चेले भने “दोषी छैन,” । उनले पत्रकारहरूलाई भने, ट्रम्प आरोपहरूबाट निराश र रिसाएका छन्।
न्यायाधीशले डिसेम्बर चार तारिकका लागि अर्को अदालतको सुनुवाइ तोकेका छन्।
ट्रम्प सन् २०२४ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारीको दौडमा छन्। उनी सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति हुन्। पछिल्लो चुनावमा भने उनी जो बाइडेन सँग पराजित भएका थिए ।
व्यापारीबाट राजनीतिज्ञ बनेका उनी हुर्केको सहर न्यूयोर्कमा दशकौंदेखि परिचित व्यक्तित्व बनेका छन्, आफ्नो घर जग्गा व्यवसाय निर्माण गरेका छन् र सेलिब्रेटी बनेका छन्।
ट्रम्प विरूद्वको मुद्दा के हो ?
यो मुद्दा पोर्न स्टार स्टोर्मी डेनियल जसको वास्तविक नाम स्टेफनी ग्रेगरी क्लिफर्डसँग सम्बन्धित छ, जसले ट्रम्पसँग एक दशकअघि अफेयर भएको बताएकी थिइन्। यद्यपि ट्रम्पले अफेयरको खण्डन गर्दै आएका छन्।
गत वर्ष कागजातहरू छानबिन गर्दा ट्रम्प र उनका पूर्व शीर्ष सहयोगी होप हिक्सले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा उनको मुख बन्द राख्न ठूलो रकम ‘हश मनी’ (hush money) तिर्न प्रत्यक्ष रूपमा संलग्न भएको भन्ने खुलासा भएको थियो। यसपछि ट्रम्पका पूर्व वकिल माइकल कोहेनले गत वर्ष अगस्टमा आफ्नो अपराध स्वीकार गर्दै ट्रम्पको आदेशमा स्टर्मीलाई पैसा दिएको बताएका थिए। तर त्यसमा ट्रम्पको प्रत्यक्ष भूमिका थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।
कागजातका अनुसार अक्टोबर २०१६ मा स्टर्मीलाई १ लाख ३० लाख डलर भुक्तानी गरिएको थियो। कोहेनले स्टर्मीलाई पैसा दिनुअघि ट्रम्पसँग फोनमा दुई पटक कुरा गरेका थिए। स्टर्मीले यसअघि सन् २००६ मा ट्रम्पसँग घनिष्ट सम्बन्ध रहेको दाबी गरेकी छन्।
ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए र उनले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा जितेर पुन व्हाइट हाउसमा फर्कने प्रयास गर्ने बताएका थिए। तर, उनी माथि अदालत द्वारा लागेको अभियोगका कारण उनी आउदो राष्ट्रपतिया निर्वाचनमा उम्मेद्वार हुन अयोग्य भएका छन्।

















