बागी विद्रोहीको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय
काठकाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकोे बैठकले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी लगाएतका नेतालाई गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा आइतबार बसेको बैठकले, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालालगायतका नेतालाई गरेको कारबाही फिर्ता गर्ने नीतिगत निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए ।
उनले भने ‘७९ को निर्वाचनभन्दा पहिलेको निर्वाचनमा जो कारबाहीमा पर्नुभएको थियो उहाँहरुको कारबाही फुकुवा गर्ने निर्णय भएको छ ।’
बैठकपछि निर्णय सुनाउँदै पाण्डेले बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए ।
कांग्रेसले २०७४ सालको मध्यावधि निर्वाचनमा बागी उम्मेद्वार बनेको भन्दै कोइराला लगाएतका नेताहरुलाई कारबाही गरेको थियो ।














