राजनैतिक अधिकार सहितको दोहोरो नागरिकता,अबको आबश्यकता
चिरञ्जीवी भट्टराई
नर्थक्यारोलिना,अमेरिका / बर्तमानमा नेपाल बाहिर पनि बिभिन्न कारणले लाखौं लाख नेपालीहरु रहदै वा बस्दै रहेको अबस्थामा नेपालले अब नियमपूर्वक नै राजनैतिक अधिकार सहितको दोहोरो नागरिकता दिने कानुन ल्याउन ढिलो नगर्दा हुन्छ ।
अहिले कतिपय देशमा बस्ने नेपालीहरुलाई देशको जतिसुकै माया भए पनि,भोलि वा भविष्यमा नेपालमा नै फर्किने पक्का पक्की भए पनि बिदेशमा रहदाको अबस्थामा पनि आफ्नो कमाई घर जग्गा तथा अधिकारको सुरक्षा एवं राम्रो काम धन्दा,ब्यापार ब्यवसाय आदि गरी बिदेशमा रहदा बस्दा पनि केही गरौ,कमाऊ भन्ने उद्धेश्यले पनि धेरैलाई बिदेशको पनि नागरिकता लिनु पर्ने बाध्यता जस्तै हुन्छ।
यस्ले नेपाललाई कुनै नोक्सान हुदैन, बरु नेपाल आऊ जाऊ सजिलो हुन्छ, एक प्रकारले नेपाल तथा बिदेश दुबैतिर बढी नै सबै प्रकारले सुरक्षित र बलियो महशुस हुन्छ, बिदेशमा पनि सिप र ज्ञान सिक्ने बुझ्ने कुरामा बढी मौका मिल्छ र अहिले बिश्वका धेरै देशहरुले यसलाई खासै समस्याको रुपमा लिएका पनि छैनन् भने नेपालले पनि यसलाई सरल रुपमा नै सोच्दा हुन्छ ।
दुई देश मध्ये एउटा देश रोज भन्ने जस्तो परिस्थिति बढी भयो भने नेपाललाई चाहिने जस्ता ब्यक्तिहरु वा उच्च पढेलेखेका वा बिदेशमा पनि जान सक्ने वा बिदेशमा पनि रहन वा काम गर्न सक्ने जस्ता जन शक्तिको नेपालमा अरु अभाव हुन्छ र अहिले बिशेष गरी नेपालका गांउघरहरुमा घट्दै गएको जन संख्या अरु घट्ने छ र नेपालमा सही नेपालीहरुको जनसंख्या अरु घट्ने डर हुन्छ, यो दीर्घकालिन फाईदाको लागि पनि नेपालले समान अधिकारको दोहोरो नागरिकता दिन ढिला नगर्दा हुने देखिन्छ ।
रिटायर्ड अबस्थामा नेपालमा गएर बस्ने त धेरै नै होलान् होइन भने नेपालमा कम्तिमा अधिकृतसम्मको वा सो सरहको जागिर नपाएको मान्छे वा युवा संसारका बिकसित देशहरुमा बस्न मौका पाएको खन्डमा ऊ उमेर हुंदासम्म बिदेशमा नै बस्छ , यस कारणले पनि नेपालले उनीहरुको लागि जागिर आदि ईत्यादिको खासै चिन्ता पनि गर्नु पर्दैन भने र आऊ जाऊ लगायतका नेपाली नागरिकले जस्तो बन्द , ब्यापार , जागिर , राजनीति सबै बराबरी नै गर्न पाउने भएपछि स्वतः नेपालको बिकासमा बढी नै टेवा पुग्छ ।
साथै अहिलेसम्म लाखौ लाख नेपालीहरु बिदेशमा बसिरहेको सन्दर्भमा हजारौ हजारले बिदेशको पनि नागरिकता लिई सकेका छन् , र नेपालमा पहिला नै यो ब्यबस्था लागु भईसकेको भए नेपालका गृह तथा उपप्रधानमन्त्री समेत भईसकेका रबि लामिछानेले समेत अहिलेको यो समस्या भोग्नु नै पर्थेन , देशको गृह तथा उपप्रधानमन्त्री समेत भईसकेको मान्छेले समेत यो प्रकारको समस्या भोग्नु भनेको समग्र नेपाल र नेपालीको समेत घेरै नै अप्ठेरो मान्नु पर्ने अबस्था हो ।
दोहोरो नागरिकताको प्रावधान बरु अलि कडा नै राखिदिए हुन्छ , देशलाई आर्थिक , सामाजिक र राजनैतिक रुपमा कसरी फाईदा हुन्छ भन्ने किसिमको रुपबाट अध्ययन नै गरेर बनाउदा पनि हुन्छ, कस्तालाई दिने, कस्तालाई नदिने भनेर नियम नै बनाउदा नै हुन्छ , होइन भने एउटा सामान्य गरी खाने मान्छे र परिवारलाई सजिलैसंग यो सुबिधा दिदा केही फरक पर्दैन भन्ने हामीलाई लाग्छ।र बरु कही कतै बिदेशमा बस्दा देशको अहितमा निश्चित रुपमा कुनै पनि कामहरु गरे , गराए आदि ईत्यादिको प्राबधान राखेर भने दिंदा हुन्छ , यसबाट आर्थिक रुपमा बर्षै पिच्छे कमजोर हुदै गएको अर्थमा पनि नेपाललाई धेरै नै फाईदा हुन्छ ।
दोहोरो नागरिकताको समस्यालाई कानुनी रुपमा सिघ्र समाघान नगर्ने हो भने कि त आउदा दिनहरुमा जाना जान हजारौं हजारले कानुन उलंघन गर्नु पर्ने हुन्छ , कि त नेपाल रोज्नु पर्छ , कि त बिदेश , यस्तोमा अधिकांश मान्छेहरुले बिदेश रोज्ने कुरा निश्चित नै छ ।
समयसंगै आउदै गरेका समस्याहरुलाई सम्बोधन गर्नु बर्तमान , गतिशिल र बिबेकशिल सरकारको दायित्व पनि हो , दोहोरो नागरिकता समस्याको सिघ्र समाधान भएमा ब्रिटेनमा पहिलादेखि बस्दै आएका गोर्खा सैनिकहरुदेखि लिएर पछिल्लो पटक अमेरिका , क्यानडा, अष्ट्रेलिया जस्ता संसारका धेरै देशहरुमा बस्दै आएका नेपालीहरु सबैलाई पनि सबै प्रकारले नै धेरै नै सजिलो हुन्छ ।
मलाई लाग्छ यस समस्याबाट पछिल्लो पटक स्वयं नै भुक्तभोगी हुनु भएका पूर्व गृह तथा उपप्रधानमन्त्री रबि लामिछाने र उहांको पार्टीले अरु बढी कुरा राख्ने छ भने नेपालका लोकतान्त्रिक , उदार एवं संसार बुझेका राष्ट्रिय पार्टीहरु : नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबैले नै यस कुरामा पू्र्ण सहयोग गर्नेछन् र दोहोरो नागरिकता दिदै गर्दाका अबस्थामा उठ्न सक्ने केही बिषयहरुमा मैले यहां पुनः भन्न चाहन्छु, केहीले भन्न सक्लान :
१) यसरी अमेरिका, बेलायत , क्यानडा जस्ता देशहरुमा बस्नेलाई नेपालको राजनैतिक अधिकार सहितको नागरिकता दिंदा राष्ट्रियता कमजोर हुन्छ ।
– तपाईहरु बिश्वास गर्नोस् यो कुरा सत्य होइन, यो कुरा यसरी पनि प्रमाणित हुन्छ कि दशकौं बर्षदेखि बेलायतमा बस्दै आएका हजारौ हजारौ गोर्खाहरु र बिदेशमा आजसम्म बस्दै आएका नेपालीहरु कसैले आजसम्म नेपालको राष्ट्रियता कमजोर बनाउने कुनै पनि काम गरेको छ र ?
बरु यी सबैले देश अरु चिनाउने र आर्थिक रुपले समेत केही न केही टेवा गर्दै आएका छन् ।
र देश आर्थिक रुपले कमजोर हुदै जांदा देशको राष्ट्रियता पनि अरु कमजोर हुदै जान्छ , यो कुरा सत्य हो, सोच्नोस् , बुझ्नोस् ।
२) अर्को प्रश्न , बिदेशमा बस्नेहरुलाई दोहोरो नागरिकता दिदा देशको धेरै गोप्यता बाहिर चुहावट हुन सक्छ भन्ने होला,
यो पनि सत्य होइन , किन कि अहिलेको यो सुचना र प्रबिधिको यति धेरै बिकास भएको जमानामा बिकसित देशले चाहेको हरेक प्रकारको सुचना हाम्रो जस्तो बिकासशिल र आर्थिक रुपले पनि कमजोर मुलुकबाट जसरी पनि र कुनै पनि नाम र उपायबाट लिन सक्छन् र अझ भन्नु परेको बेलामा त्यही नेपालमा बस्ने नेपाली नागरिकहरुलाई बिभिन्न प्रलोभन , पैसा र सेवा सुबिधा दिएर पनि नेपालको सबै सुचनाहरु प्राप्त गर्न सक्छ । अहिलेको फेसबुक के हो ? अहिलेको ईन्स्टाग्राम के हो ? अहिलेको टिकटक के हो ?अहिलेको आई फोन के हो ?अहिलेको स्मार्ट फोन के हो ?
अहिलेको नेपालमा बसेर नै देश बिदेशको काम गर्न सकिन्छ भनेको के हो ? अहिलेको फोन , ईन्टरनेट के हो ? यी सबैको ब्याक डोरको चावी कोसंग छ ,र चाहेको बखत यी सबैलाई ह्याक गरेर लिन सक्ने ए वानका ह्याकरहरु उत्पादन गर्ने र प्रबिधिको बिकासमा तछाड मछाड गरेर लागिरहेका छन् , अहिलेका यी बिकसित देशहरु ।
३) र देशहरु आर्थिक रुपले गरिब हुदै जादाका बखत र सबै प्रकारले कमजोर हुदै जांदा त्यो देशमा बसिरहेका जनताहरुलाई सजिलैसंग किन्न र सजिलैसंग काम लगाउन धेरै नै सजिलो हुन्छ , त्यसैले भनिन्छ ,त्यसैले त भन्ने गरिन्छ पनि नेपालमा ठूला ठूला नेताहरु र मन्त्रीहरुसम्म पनि बिबेका छन् भनेर , यो कुरा उनीहरु नै जानुन , त्यतातिर म अहिले घेरै जान चाहन्न ।
४) र अब मान्छे भौतिक रुपले कहा छ , कहा बस्छ भन्ने भन्दा पनि ऊ कस्तो छ , उस्को सोचाई कस्तो छ , उस्ले कस्तो काम गर्छ भन्ने कुरा ठूलो भयो, त्यसैले भौतिक रुपको सिमा बन्धनको सोच भनेको बिशेषतः कमजोर मान्छेहरुको लागि जस्तो भयो , पढे लेखेको चतुर , सक्षम र धनी मान्छेहरु त अहिले जहा रहे बसे पनि अन्तराष्ट्रिय नागरिकहरु जस्ता स्वतः भई सके, बिकसित देशहरुले राम्रो लागेको , आफ्नो देशको मान सम्मान् बढाउने जस्तो वा दुई चार जनालाई सामान्य ग्रोसरी पसल गरी जागर दिन सक्छ जस्तो मान्छेलाई समेत नागरिकता दिने भई सक्यो , बिदेशमा प्रवासीहरुलाई नागरिकता भनेको केही ठूलो कुरा भएन अब, बिशेष गरेर संसारमा हैकम चलाउन खोज्ने देशहरुको लागि , राम्रो र बिश्वाससिलो राख्दासम्म राख्छ , नराम्रो गरे शंका लागे , त्यस्ता आप्रवासीहरुलाई दिएको नागरिकता थुच्छ र देश फर्काईदिन्छ , यो उनीहरुको लागि केही ठूलो कुरा होइन ,
नागरिकता भनेको वंशज कै रहेछ , अरु नागरिकता भनेको जहाकही पनि सिमित अघिकारको र सोचको नै हुदोरहेछ , यहां अमेरिका पनि राष्ट्रपति हुन बाहिरबाट आएर नागरिकता लिएकाहरुले पाउने नियम छैन ।
५) र हामी नेपालीहरु बढी राष्ट्रियता कै सवालमा बढी संशंकित हुदै आएको हुंदा राष्ट्रियता बलियो बनाउन राजनैतिक अधिकार सहितको दोहोरो नागरिकता रोकि राखेर भन्दा बरु नेपालमा उद्योग धन्दा खोलेर , राम्रा राम्रा स्कुल , कलेज अस्पताल खोलेर , बिदेशिएका नेपालीहरुलाई बढी भन्दा बढी के गरेर हुन्छ फर्काएर देशको राष्ट्रियता बलियो हुन्छ ।
अहिले अरु अरु देशले बिकासको चमत्कार गरि सके हामीले भने भए कै सिप र प्रबिधि पनि मास्दै, बिर्सदै गयौं, र सांच्चि नै मौका पाउदासम्म नेपालमा को बस्छ र जस्तै बनाउदै गयौं ।
५) र अहिले नेपालमा जन्मिएका नेपालीहरु संसारै भरी छन् , बिकसित देशका बिश्व बिद्यालय , अस्पताल ,उद्योग धन्दा प्रबिघि , अनुसन्धान सबैतिर छन् , डाक्टर , ईन्जिनियर , बैज्ञानिक , प्राध्यापक , उद्योगपति , ब्यापारी गरी दशौ हजार छन् त उनीहरुलाई पुस्तौ पुस्तौसम्म नै नेपालले बैधानिक रुपमा नै नेपाली नागरिक नै हुन् भन्नु नै पर्दा पनि नेपाललाई नोक्सान चाही के छ त ?
६) एउटा कुरा , दोहोरो नागरिकता दिंदा देशको धेरै पैसा बाहिर जान्छ कि भन्ने पनि होला ,
यसमा भन्नु ,नेपालका घनीहरुलाई बिकसित देशको नागरिकता पाउन गारो केही छैन , तपाईहरुलाई सजिलोसंग बुझाउनु पर्दा अमेरिका , क्यानडा ,अष्ट्रेलिया जस्ता देशहरुले त मजाले नियमपूर्वक नै पैसामा नागरिकता बेच्छन् भन्दा नि हुन्छ , अहिले नेपालका लाखौ लाखले यो हैसियत राख्छन् पनि , यो अर्थमा नेपालमा कसरी पैसा कमाए भन्ने सवालमा ती देशहरुलाई कुनै मतलव हुदैन , केवल पैसा भए पुग्छ , मानव अधिकार उल्लंघन र अन्य अपराधको बिषय र कतै कतै यस्तै उजुरीको बिषयमा मात्र र उस्ले आफ्नो देश आईसकेपछि के गर्छ भन्नेमा मात्र उनीहरुलाई बढी चासो हुन्छ ।
७) एउटा कुरा , बिकसित देशमा बसेका , पढे लेखेका र आधुनिक सिप ज्ञानहरुको अर्थमा तुलनात्मकरुपमा बढी नै जानकार मान्छेहरुले राजनैतिक अघिकार सहितको नागरिकता पाए भने नेपालका नेताहरु , राजनितिज्ञहरु र नेपालका बिशेष ठांउहरुमा हामी नेपालमा बस्नेहरुले अहिले जस्तो हालि मुहाली गर्न पाईदैन भनेको चाही केही हदसम्म सत्य नै हो , तर देशमा महगी बढ्छ, सर्वसाधारण जनताहरुको काम खोसिन्छ भनेको चाही सत्य होइन , बरु बाहिरबाट आएका मान्छेहरुले कृषि , ब्यापार ब्यवसाय उद्योग धन्दा खोल्ने हुदा सबै चीजबिजहरु सस्तो र काम पाउन अरु सजिलो हुन्छ , देश अरु चाडै सम्बृद्धतिर जान बाटो खुल्छ ।
७) त्यसो भए किन नेपालका सरकारले राजनैतिक अधिकार सहितको दोहोरो नागरिकता दिन खोजिरहेको छैन त ?
कारण : यसमा नेपालका अहिलेका र अहिले जस्तै पछि आउने धेरै नेताहरुको हाली मुहाली कम हुदै जान्छ भने , अरु क्षेत्रमा मात्रै पनि यस्तै हुन्छ होइन , संसार भरी कै देशका मान्छेहरुलाई अध्ययन , अनुसन्धान , काम घन्दा ईमान्दारिता र सिप ज्ञानमा पछाडि पार्दै आएका नेपालीहरु नेपाल फर्कन थाले भने दक्षिणको छिमिकीहरुलाई मात्र होइन , पश्चिमका धेरै देशहरुलाई समेत यसबाट धेरै नै नोक्सान हुन्छ ,
अहिलेको अन्तराष्ट्रिय भाषा, ज्ञान , बिज्ञान र प्रबिधि, सिपहरु जस्ता बिषयहरुमा संसार नै टप्ने नेपालीहरु समेत भई सकेको अबस्थामा , भोलि तिनै मान्छेहरु नेपाल फर्केर गएको अबस्थामा उनीहरुको देशलाई कसरी हेप्न सकिन्छ भन्ने धेरै नै डर छ कतिपय छिमेकी देशहरु लगायत कतिलाई त ,यस सम्बन्धमा अहिले यति नै ।
८) र यस्ले राजनैतिक अधिकार सहितको दोहोरो नागरिकताको लागि यति धेरै कुरा किन गरेको भन्ने लाग्ला , यस्को लागि हिजो रबि लामिछानेले मात्र एउटा प्रकृया र बिधि पुगेको नेपाली नागरिकताको अभावमा कति ठूलो नोक्सानी ब्यहोर्न परो , कति निरह हुन परो , कसरी आफ्नै देशमा पनि लगभग देश कै सर्वोच्च कार्यकारी तहमा पुगे सकेको मान्छेले पनि यति दुःख र अपमान सहनु परो भन्ने कुराहरु आफै प्रयाप्त छन् , कारण यत्ति थियो उनले देशमा केही गर्न चाहे , आम मान्छे जस्तो चुपचाप बसेको भए कस्ले खोज्थो र ?
किन कि नेपालमा अहिले दोहोरो नागरिकता र अबस्था हुने हजारौं जन्मजात नेपालीहरु नै छन्, जो चाहेको बेला जुन सुकै बेला पनि नेपाली नागरिकता पाउछन् तर यत्ति हो कि यस्को लागि अमेरिकामा जिन्दगीभर कमाएको सेवा, सुबिधा, पेन्सन , घर जग्गा , ब्यापार , ब्यवसाय कति त छोड्नु नै पर्छ , कति त अरुको नाममा नामसारी गरेर हिड्नु पर्छ भने अमेरिकी नागरिकता छाड्ने निबेदन दिनको लागि पनि राम्रै शुल्क बुझाउनु पर्छ , यसबाट नेपाललाई अरु धेरै नोक्सान हुन्छ , बिशेष गरी आर्थिक रुपले पनि ।
आजलाई बिदा ,
अतः अहिलेलाई फेरि भन्नु ,
अबको हाम्रो आबश्यकता !
राजनैतिक अधिकार सहितको दोहोरो नागरिकता !!
धन्यबाद ,
जय नेपाल !!!