कांग्रेसले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपति बन्नेछन्: शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भावी राष्ट्रपति कांग्रेसले प्रस्ताव गरेकै व्यक्ति बन्ने दाबी गरेका छन् ।
संसद भवन परिसरमा सभामुखको लागि ईश्वरी न्यौपानेले मनोनयन दिएपछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’, शर्माको भनाइ छ ।
उनले अहिलेको संसदको शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे ।