दाइ कांग्रेसको दवावमा खुम्चिएका गगन

सुरेश सुवेदी
काठमाण्डौं ।सदीय दलको नेताका रुपमा २५ जना संसदको समर्थन पाएका गगनले प्रचण्ड सरकारलाई विश्वासको मत दिने पार्टी सभापतिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्नेहरु ५ जना मात्रै पाए ।
महाधिवेशन समयमा गगन विश्वलाई काँग्रेसको गौरव मान्ने जमात ठूलो थियो । जुन जमातको संसदभित्र कुनै भूमिका नै छैन । जहाँ ‘नोट अफ डिसेन्ट’माफर्त आफुहरुप्रतिको ‘सेन्टिमेण्ट’ जोगाउन सफल भएका त छन् तर दाइ काँग्रेसहरुबाट एक्लिएको वा टाढिएको सन्देश पनि बाहिरिएको छ ।
कृष्ण सिटौला र शेखर समूहसँग क्रमश विश्वास जितेका थापा अहिले आफ्नै अलग समूह पनि नभएको र संस्थापन पक्षसँग पनि नरहेको अवस्था छ ।
काँग्रेसभित्र प्रभावशाली नेताहरु कृष्ण सिटौला विमेलेन्द्र र प्रकाशमान हुँदै शेखर कोइरालासम्म पनि देउवाकै समूहमा गाँसिन पुगे पछि थापा भने एक्लिएको वा साँधुरिएको अवस्थामा छन् ।
२०७४ को चुनावपछि पनि पार्टी प्रतिपक्षमा थियो । तर अहिले पनि मूल नेतृत्वले प्रतिपक्षी भूमिका खेल्न तयार रहनु पर्छ भन्ने मान्यता अरु काँग्रेसी सांसदहरुमा देखिएन । थापा यही मान्यता नछोडंदा साँधुरो ‘सर्कल’मा सिमित बनेका छन् ।
कांग्रेसको महामन्त्री र एउटा सांसदको हिसाबले पार्टीलाई ठिक ठाउँमा उभ्याउने कोसिसमा थापा रहने धेरैको बिश्वास छ । तर गणितीय स्वरुपमा हेर्न खोजियो भने अहिले थापा साँधुरिदै गएको देखिन्छ । संसदीय दलको नेता लड्दै गर्दा पनि दलको नेताका रूपमा पार्टीलाई ठिक ठाउँमा राख्न सक्छु भन्ने आँट थापामा देखिन्थ्यो नै ।
पछिल्लो राजनीतिक विकासक्रमले कांग्रेसलाई यति अप्ठ्यारो पारेको छ कि यो एउटा मौका गयो भने त्यसपछि सत्ता त होइन नै प्रतिपक्षीको भूमिका पनि फितलो हुने छ ।
यो पटक त आफैं संसदीय दलको नेता लडिसकेका थापाप्रति धेरैको आशा भएको पाइन्छ । यो आशा र भरोसालाई थापाले कुन रुपमा जोगाउने हो हेर्न बाँकी छ । अहिले सत्ता पक्षसँग लहसिने हो कि भन्ने जुन डर छ, त्यो हुन थाल्यो भने फरक मत राख्नेहरूको भूमिका फरक नै हुन्छ कि अरू सांसद जस्तै हुन्छन् ? विचारणीय छ ।