अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट
परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।
त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।









