नागरिकता विधेयक : सत्तारुढ-प्रतिपक्ष रस्साकस्सी
काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले संविधानविद्सँग छलफलमा लागेका छन्।
संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।
सत्ता गठबन्धन बैठकले राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको निष्कर्ष निकालेको थियो।
सत्ता गठबन्धनले आज अपरान्ह ४ बजेदेखि बालुवाटारमा संविधानविद् र कानूनका जानकारसँग छलफल भैरहेको छ ।
यता, नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदममा एमालेका शीर्ष नेताहरुले मौन रहे पनि एमालेका भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ता भने राष्ट्रपतिको पक्षमा उनको तस्वीर छातीमा टाँसेर सडकमै उत्रिएका छन् ।
युवासंघले बानेश्वर–माइतीघर सडकखण्डमा गरेको प्रदर्शनमा महेश बस्नेत लगायत एमालेका नेताहरु समेत सहभागी छन् ।