उम्मेदवारले सम्पत्ति विवरण अनिवार्य पेश गर्नुपर्ने आचारसंहिताले चुनाव प्रचारलाई व्यवस्थित गर्ने प्रयास
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा साथमा सम्पत्ति विवरण तयार गरी सिलबन्दी रुपमा भर्नुपर्ने छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ ।
आचारसंहितामा भएको व्यवस्था अनुसार, उम्मेदवारहरुले आफ्नो वैयत्तिक विवरणसमेत पेश गर्नुपर्नेछ ।
आयोगले उक्त सम्पत्ति विवरणलाई तीन स्वरुपमा प्रयोग गर्ने जनाएको छ ।
उम्मेदवार निर्वाचित भएमा निर्वाचन आयोगले निर्वाचित सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नेछ ।
उम्मेदवार निर्वाचित नभएमा तर उसले पछि विवरण फिर्ता मागेमा निर्वाचन अधिकृतको कार्यालयले सम्पत्ति विवरण फिर्ता गर्नेछ ।
अनि उम्मेदवारले सम्पत्ति विवरण फिर्ता नगरेमा निश्चित अवधिपछि त्यसलाई धुल्याइने भनी आचारसंहितामा उल्लेख गरिएको छ ।
















