नागरिकता बिद्येयक संसदमा प्रस्ताव,एनआरएनए नागरिकता लिदा पहिलाको फिर्ता गर्नु पर्ने
काठमाडौं। सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिद्येयक प्रस्तुत गरेको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन ।
प्रतिनिधिसभामा पहिला प्रस्तुत भएको बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिद्येयक पुन : प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।
यस्तै लामो समय देखि थाति रहेको एनआरएनए नागरिकतालाई पनि विधेयकले सम्वोधन गरेको छ।
अब एनआरएनए नागरिकता लिए पछि बंशजको आधारमा लिएको नागरिता फिर्ता गर्न पर्ने छ।
यसै बीच अमेरिकाको न्यूयोर्कमा रहेर लामो समय देखि वाकलत पेशमा रहदै आएका कानुनवीद एवं गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले गृहमन्त्रीले संसदमा प्रस्ताव गरेको नागरिकता विधेयक पहिला भन्दा सहज भएको प्रतिक्रिया दिएका छन्।
एनआरएनए नागरिकताका लागि शुरुवाती चरण देखिनै सक्रिया भूमिका निभाउदै आएका जिसीले समाज टाइम्स सँगको कुराकानीमा नागरिकता विधेयक एनआरएनएको सवालमा पहिला भन्दा सहज भएर आएको तर अब नियमावली बनाउदा चनाखो हुनुपर्ने बताए।
“विधेयक पहिला भन्दा राम्रो छ, तर अब नियमावली बनाउदा चनाखो हुनु पर्छ, नियमावलीमा अनावश्यक झण्झटहरु थपिन सक्छन्, मुख्यतय नेपाली भाषाको बारेमा स्पष्ट हुनु पर्छ।” जिसीले भने “नियमावलीमा नेपाली भाषाको ज्ञान कति सम्म हुनु पर्ने हो भन्ने स्पष्ट हुनु पर्छ।”
विधेयकले एनआरएनए नागरिकता लिदाँ बंशजको आधारमा लिइएको नागरिकता फिर्ता गर्नु पर्ने भनेको छ।
कानुनवीद जीसीले विदेशी पासपोर्टबाट नेपाल प्रवेस गर्ने तर नेपाल पुगेपछि नेपाली नागरिकता नै चलनचल्तीमा ल्याउने काम रोक्न त्यस्तो गरिएको बताए।
“एकै व्यक्तिले दुई प्रकारको नागरिकता बोक्नु गैर कानुनी हुनेछ त्यसकारण बंशजको आधारमा लिएको नागरिकता बुझाउन भनिएको हो।”
संसदमा प्रस्ताव नागरिकता बिधेयकको पूर्ण पाठ















