यस्ता छन् सीपी पौडेल अध्यक्ष रहेको एनआरएनए अमेरिकाको भेलाले गरेका ११ निर्णय
पेन्सिलभेनिया, अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिका सीपी पौडेल समुहको टेक्सासमा भएको भेलाले ११ निर्णय गरेको छ।
जुलाई ३-४ मा टेक्सासमा भएको भेलाको निर्णय बिहिवार मात्र अध्यक्ष सीपी पौडेलले सार्वजनिक गरेका हुन्। जुलाई ३-४ मा नर्थ क्यारोलिनामा एनआरएनए अमेरिकाको संस्थापन पक्षले साधरण सभा आयोजना गरेको थियो।
दुबै साधरण सभाले पारित गरेका एजेण्डा मिल्दो जुल्दो छ। मुख्यतय अन्तर्राष्ट्रिय समन्वय कमिटी (आइसीसी) सँगको सम्वन्धन र सदस्यता वितरणमा दुबै समुहको एजेण्डा मिलेको छ। संस्थापन पक्षले आइसीसी सँग औपचारिक रुपमा सम्झौता नै गरेको छ।
सीपी पौडेल समुहको भेलाका निर्णयहरु
गैर आवासीय नेपाली संघ, अमेरिकाको साधारण सभा तथा अभियन्ता भेला यहि जुलाई ३ र ४, २०२२ मा पूर्वपरराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा डल्लास शहरको टेक्सास राज्यमा सम्पन्न भयॊ । साधारण सभामा, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी ज्यूहरू, आई सी सी अमेरिकाज क्षेत्र का पदाधिकारी ज्यूहरु, संरक्षक परिषदका पदाधिकारी ज्यूहरु, सल्लाहकार ज्यूहरु, विभिन्न संघ संस्थाका पदाधिकारी ज्यूहरु, संघका सदस्य ज्यूहरु, पत्रकार ज्यूहरु र सामाजिक अभियन्ता ज्यूहरुको उत्साह जनक उपस्थिति रहेको थियो । संघको उद्घाटन सत्र पश्चात बन्दसत्र संचालन गरिएको थियो । उक्त बन्दसत्रमा संघका सदस्य ज्युहरुले भाग लिदै संघको गरिमा लाई कसरि बढाउन सकिन्छ र NRNA लाई कसरी सबैले आफ़्नॊ संघ हो भन्ने अपनत्व महसुस गराउन सकिन्छ भन्ने सम्बन्धमा आफ्नो भनाई हरू राख्नु भयॊ ।
बन्दसत्र बाट निम्न प्रमुख बुंदाहरु पारित गरिएको छः
१. गैर आवासीय नेपाली संघको निमन्त्रणालाई स्विकार गर्दै कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नु हुने नेपाल सरकारको पूर्व परराष्ट्र मन्त्रि महेन्द्र ब. पाण्डे लगायत अतिथि ज्युहरु, पत्रकार ज्युहरु र सम्पुर्ण सहभागीहरुमा यो भेला हार्दिक धन्यवाद ब्यक्त गर्दछ।
२. गैर आवासीय नेपाली संघको सुदृढीकरणका लागी निरन्तरता दिदै यस संस्था लाई सफल र सवल बनाउन ICC संग सहकार्य गर्ने ।
३. गैर आवासीय नेपाली संघ, अमेरिका लाई सबैको साझा र संस्थालाई सबै सदस्य हरुको अपनत्व महसुस गर्ने गराउन निम्न बुँदा हरु अबलम्वन गराउने :
क) NRNA USA को सदस्या वितरण प्रणाली अन्तराष्ट्रिय समन्वय परिषदले (ICC) ले निर्देशित गरेको मापदण्ड अनुरूपको प्रणालीमा जाने ।
ख) ICC अन्तर्गतको सदस्य दर्ता वितरण प्रणालीमा जाँदा सम्पूर्ण सदस्यहरुको (नयाँ वा पुराना सदस्यहरुको) अनिवार्यरुपमा Facial Recognition System (Facial Biometric) लागु गराउने र यसका लागी ICC संग सहकार्य गर्ने ।
ग) सदस्यता बन्नका लागी Credit Card र Debit Card बाट मात्र बन्न पाउने र एउटा Credit वा Debit Card बाट चार जना मात्र सदस्य बन्न पाउने व्यवस्था गर्ने ।
घ) संस्था सुदृढीकरण अभियान लाई सबै क्षेत्र, च्याप्टर तथा स्थानीय निकायमा पुर्याउने ।
४. निर्वाचीत च्याप्टर अध्यक्ष हरु लाई स्वतह बोर्ड मेम्वर रहने ब्यवस्था गर्ने ।
५. नागरिकताको निरन्तरता र दुई देश बीचको दोहोरो कर प्रणाली सम्बन्धमा ICC मार्फत नेपाल सरकार समक्ष लबिङ्ग गर्ने ।
६. संघको लक्ष प्राप्तिका लागी निती तथा कार्यक्रम समिति संघको कार्यसमिति बाट निर्माण गर्ने ।
७. गैर आवासीय नेपली संघ, अमेरिकाको रिक्त रहेको अध्यक्ष पदमा बरिष्ठ उपाध्यक्ष श्री सीपी पौडेल ज्यू लाई मनोनयन गरियो ।
८. यस संघको संरक्षक परिषद सदस्यमा तत्कालिन अध्यक्ष श्री कृष्ण लामिछाने ज्यू लाई मनोनय गरियो ।
९. वर्तमान कार्यसमितिको रिक्त पदहरुमा पूर्ति गर्नु पर्ने आवस्यकता रहेमा संघका अध्यक्षले कार्यसमितिको सल्लाहमा पदपूर्ति गर्ने ।
१०. NRNA USA को आगामी निर्वाचन सम्पन्न गर्नका लागी ICC को मातहतमा निर्वाचन कमिटि गठन गर्नका लागी सहकार्य गर्ने ।
११.यस संघको २०२३-२०२५ कार्यकालका लागी सम्पूर्ण गैर आवासीय नेपालीहरुमा अन्तराष्ट्रिय समितिको मापदण्ड मा सहभागी भै सदस्य बन्न अनुरोध गर्ने निर्णय गरियॊ ।
सेवामा,
सिपी पौडेल
अध्यक्ष
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद् अमेरिका



















