ओहायो स्थित सनसाइन तेक्वान्दोमा दीक्षान्त, दुई जनालाई ब्याल्कबेल्ट चौथो डान परीक्षा सम्पन्न
एक्रोन, ओहायो / अमेरिकाको ओहायो स्थित सनसाइन तेक्वान्दो एकेडेमीबाट दुई जनाले व्याल्कबेल्ट चौथो डानको टेष्ट परीक्षा पुरा गरेका छन् ।
शनिवार सम्पन्न बेल्ट प्रमोशन परीक्षणमा सफल हुँदै असिस्टेन्ट मास्टर सोम आचार्य र ऋतिका शाही ठकुरीले चौथो डिग्री ब्ल्याक बेल्ट टेस्ट गरेका हुन्
यस्तै इन्स्ट्रक्टर हेम आचार्य र सरिता बस्नेतले तेस्रो डिग्री ब्ल्याक बेल्ट टेष्ट परीक्षा सम्पन्न गरेका छन् ।
सनसाइनबाट परीक्षा पास गरि तेस्रो डान प्राप्त गर्नेहरूमा असिस्टेन्ट मास्टर विनोद गुरुङ, बिर्खा सुब्बा बेघा र आरबी खड्का रहेका छन्। दोस्रो डान प्राप्त गर्नेहरूमा ईशन कर्माचार्य र बिष्णु भुजेल छन्।
कुक्किवन पहिलो डान ब्ल्याक बेल्ट प्रमाणपत्र प्राप्त गर्नेहरूमा सामन्था पोखरेल, बोनिता मिश्र र सौगात बास्तोला रहेका छन्। सौरभ ढकालले ब्ल्याक बेल्ट प्राप्त गरेका छन्।
त्यस्तै, अन्य विद्यार्थीहरूले पनि आ-आफ्नो स्तरअनुसार प्रमोशन प्राप्त गरेका छन्।
कार्यक्रममा पेन्सिल्भेनियाबाट मास्टर डेक दर्जी विशेष रूपमा उपस्थित भई प्राविधिक मार्गदर्शन दिएका थिए। सनसाइन तेक्वान्दो परिवारले उनीप्रति आभार व्यक्त गरेको छ।
समारोहमा नील पटेल (ओएच–१३ का लागि कंग्रेस उम्मेदवार), मनोरथ खनाल (अध्यक्ष, बीसीएए), उदय धिमाल (रियल्टर), चन्द्र पराजुली (क्षेत्रीय प्रबन्धक, अमेरिकेयर हेल्थ केयर), अर्जुन रसाइली (गीतकार/सङ्गीतकार/गायक), आकाश खातीवडा (रियल्टर) र उपेन्द्र लुइँटेल (सीईओ, नेशनवाइड स्टाफिङ) उपस्थित थिए।
कार्यक्रममा अभिभावकहरूको सहयोग र समर्थनको पनि विशेष सराहना गरिएको छ। सनसाइन तेक्वान्दो एकेडेमीकी सञ्चालिका तथा प्रमुख प्रशिक्षक मास्टर कौशिला खनाल कर्माचार्यले सबै सहभागी र सहयोगीप्रति आभार व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
‘वार्षिक बेल्ट प्रमोशन परीक्षण भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमले केवल प्राविधिक मूल्याङ्कन मात्र होइन, अनुशासन, समर्पण र समुदायको एकताको उत्कृष्ट प्रदर्शन पनि गर्यो। प्रशिक्षकदेखि विद्यार्थीसम्म सबैले आफ्नो मेहनत, धैर्य र निरन्तर अभ्यासको प्रतिफल प्राप्त गरे।’ समाज टाइम्स सँगको कुराकानीमा मास्टर खनालले भनिन् ।
‘सहभागी विद्यार्थीहरूले पनि आफ्नो स्तरअनुसार उत्कृष्ट प्रदर्शन गरे। आफ्नो मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफल पाएका छन्।’ उनले भनिनन् ।
मास्टर कौशिलाले सनसाइन तेक्वान्दो केवल मार्शल आर्ट्स सिकाउने संस्था मात्र नभई अनुशासन, आत्मविश्वास, नेतृत्व र समुदाय निर्माणको केन्द्र भएको बताइन ।
‘यस वर्षको प्रमोशन समारोहले फेरि एक पटक प्रमाणित गर्यो कि जब विद्यार्थी, प्रशिक्षक, अभिभावक र समुदाय एकै ठाउँमा उभिन्छन्, तब उपलब्धि केवल व्यक्तिगत होइन, सामूहिक बन्छ।’ उनले भनिन् ।

















