ट्रम्प प्रशासनको एच–१ बी भिसा नीति : विदेशी दक्ष कामदारको लागि उच्च तलब प्राथमिकता, आवेदन ३०% ले घट्ने अनुमान
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी कम्पनीहरूले विदेशी दक्ष जनशक्तिको भर्ना गर्न वार्षिक ‘एच–१ बी’ भिसा लटरीका लागि यस हप्ताको अन्त्यसम्म आवेदन दिन सक्ने बताएको छ ।
ट्रम्प प्रशासनको नियम अनुसार यो प्रक्रिया ‘तलब–आधारित’ हुनेछ । जसले उच्च तलब पाउने र बढी दक्ष विदेशी कामदारलाई प्राथमिकता दिने जनाइएको छ ।
नयाँ प्रणाली अन्तर्गत ट्रम्प प्रशासनले नयाँ एच–१ बी आवेदनकर्ताका लागि एक लाख शुल्क लाग्ने घोषणा गरेको केही महिनापछि लागू हुँदैछ । अमेरिकी आप्रवासन काउन्सिलले यसलाई आलोचना गरेको थियो ।
यसअघि यु.एस चेम्बर्स अफ कर्मसले यसविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूले यसलाई व्यवसायका लागि ‘अत्यधिक महँगो’ भएको टिप्पणी गरेको थियो ।
विशेषज्ञहरूका अनुसार भिसा कार्यक्रममा आएको परिवर्तनले आवेदन प्रक्रियामा जटिलता थप्न र इच्छुक प्रतिभालाई अमेरिकामा बसोबास गर्न हतोत्साहित गर्न सक्ने बताइएको छ ।
बिल्ड फेलोसिप ओपन एभिन्युका सिइयो ड्यानियल गोल्डम्यानले भने, “एच–१ बी कार्यक्रममा आवेदनको सङ्ख्या यस वर्ष उल्लेखनीय रूपमा कम हुने अनुमान छ । राजनीतिक सङ्केतहरूले स्पष्ट रूपमा देखाउँछन् कि अमेरिका अन्तर्राष्ट्रिय प्रतिभाका लागि ढोका बन्द गर्दैछ । तर, यो सङ्केतले कहिलेकाहीँ गलत अर्थ दिन सक्छ ।”
उनी थप्छिन्, “कानूनी मार्गहरू हराएका छैनन्, तिनीहरू केवल जटिल र कम बुझिने भएका छन् उदाहरणका लागि, धेरै कामदारहरूले अनुमान गर्छन् कि प्रस्तावित एक लाख डलर एच–१ बी शुल्क सबै भर्तीमा लाग्नेछ, जबकि यो वर्तमानमा केवल विदेशबाट कन्सुलर प्रक्रियाबाट प्रवेश गर्ने व्यक्तिहरूमा मात्र लाग्छ।”
अमेरिकामा कानूनी रूपमा बसोबास गरिरहेका एच–१ बी भिसा लिने योग्य विदेशीहरूले यो शुल्कबाट छुट पाउने सक्ने बताइएको छ ।
सन् २०२५ र २०२६ बीच भिसा लटरीका लागि आवेदन लगभग ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष एमाजोन, टाटा कन्सल्टेन्सी सर्भिस र माइक्रोसफ्ट मेटाले सबैभन्दा धेरै एच-१ बी भिसा पाएका थिए ।
















