ह्यारिसबर्गमा एटलान्टिक फाइनान्सियल सर्भिसेसको वार्षिक एजेन्ट सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
ह्यारिसबर्गमा एटलान्टिक फाइनान्सियल सर्भिसेसको वार्षिक एजेन्ट सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / एटलान्टिक फाइनान्सियल सर्भिसेसले वार्षिक एजेन्ट सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्गस्थित लुमन्ती बैंक्वेट एण्ड क्याटरिङमा शनिवार आयोजित “वार्षिक एजेन्ट अप्रिसिएसन २०२६” कार्यक्रम विभिन्न व्यक्तिहरुलाई अवार्ड सहित सम्मान गरिएको हो ।
अनुपा र अनुरागको स्वागत नृत्य सँगै शुरु भएको कार्यक्रममा एटलान्टिक फाइनान्सियल सर्भिसेस सिनियर फिल्ड चेयरम्यान दधि दाहालले स्वागत मन्तव्य राखेका थिए।
पर्शु अधिकारीले संचालन गरेको कार्यक्रममा एटलान्टिक फाइनान्सियल सर्भिसेसका अर्का सिनियर फिल्ड चेयरम्यान पशुपति तिम्सिनाले कम्पनीको समग्र गतिविधि र भविष्यका योजनाबारे प्रस्तुति दिएका थिए।

नेपाली संगितका सुपरचित गायक रविन शर्मा र छवि न्यौपानेको सांगितिक प्रस्तुति समेत रहेको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने एजेन्ट तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो।
लाइफ एन्ड रिटायरमेन्ट प्रोडक्सन २०२५ तर्फ मुक्ति सुबेदी प्रथम, दधि दाहाल द्वितीय र गणेश प्रधान तृतीय भएका थिए। पर्सनल रिक्रुटतर्फ दधि दाहाल प्रथम, मुक्ति सुबेदी, गणेश प्रधान र सबित्रा राई द्वितीय तथा भीम धुंगाना तृतीय भएका थिए।
वर्षभरी उनीहरुले प्रोडक्सन गरेको अंकका आधारमा सो अवार्ड दिइएको जनाइएको थियो । एचजीआइका सिनियर एक्जुकेटिभ फिल्ड चेयर चन्द्र जोशी र वेवलाइन इन्कका सिइयो रेन्डल वेचरले अवार्ड प्रदान गरेका थिए।
मेडिकेयर (ओइपी/एसइपी २०२५ र एइपी २०२६) अन्तर्गत दधि दाहालले अग्रस्थान हासिल गरेका थिए भने नारायण खनाल र मुक्ति सुबेदीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
हेल्थ इन्स्योरेन्स ओइपी २०२६ मा दधि दाहाल ‘टप प्रोड्युसर’ घोषित भएका थिए। अन्य उत्कृष्ट योगदान दिनेमा नारायण खनाल, गणेश प्रधान, मुक्ति सुबेदी, सबित्रा राई, धन अधिकारी, प्रेम निरौला, करोलाइन आयला,गोविन्द तिम्सिना,सागर तामाङ,देव अधिकारी,रुप तिम्सिना,धर्म आचार्य,डिल्ली भट्टराई रहेका थिए।

विशेष अवार्डअन्तर्गत गणेश प्रधानलाई “लिडरसिप अवार्ड” प्रदान गरिएको थियो भने प्रेम निरौला र भीम धुंगानालाई “टिम प्लेयर अवार्ड” दिइएको थियो। अफिस एडमिन अप्रिसिएसनतर्फ एलोरा राई, दीपिका तिम्सिना, धन अधिकारी, अम्बिका दाहाल र प्रेम निरौलालाई सम्मान गरिएको थियो।
कार्यक्रममा “मोस्ट सपोर्टिभ रेफरल पार्टनर्स” अन्तर्गत अभि घिमिरे (ओहायो), राम दुलाल (पेन्सिल्भेनिया), अच्युत काफ्ले (पेन्सिल्भेनिया), राम तिम्सिना (पेन्सिल्भेनिया), भीम बस्नेत (ओहायो), नारा मिश्र (पेन्सिल्भेनिया), विशाल बस्नेत (पेन्सिल्भेनिया), भीम दुलाल (पेन्सिल्भेनिया), वीर जोगी (पेन्सिल्भेनिया), रूप पोखरेल (पेन्सिल्भेनिया) र भीम घिमिरे (पेन्सिल्भेनिया) लाई सम्मान गरिएको थियो।
त्यसैगरी पार्टनरसिप अवार्ड अन्तर्गत एक्सआरहब, सोलोजेनिथ, ओनेस्ट रियल स्टेट , प्राइम हेल्थकेयर, नमस्ते फार्मेसी, लोटस फार्मेसी, ओहायो प्राइमरी केयर, समाज टाइम्स, वेबलाइन इन्क, गुरु सुबेदी, चन्द्र जोशी र ग्यारी वार्डलाई सम्मान प्रदान गरिएको थियो।
ब्रोकर सपोर्ट अप्रिसिएसन अवार्ड अन्तर्गत एटना (मिशेल फिलर), युपीएमसी (रोबिन रेचियोने), हाईमार्क (मर्गन गेबिल), केयरसोर्स (मिचेल फ्लावर्स), मोलिना (टोड स्कट), युएचसी (जुलिया स्लुसार्ज), वेलकेयर (कोलिन हेलम्यान), डिभोटेड हेल्थ (पल बर्नस्टाइन), ह्युमाना (क्रिस ह्याम्पटन) तथा रिटर समूहका बेट्सी बन्ड, डन मायर्स र पिटर रियाडलाई सम्मान गरिएको थियो।
कम्युनिटी हिरो अवार्ड कृष्ण प्रधानलाई प्रदान गरिएको थियो।
त्यस्तै, कार्यक्रमको अवसरमा टोकन अफ लभ अन्तर्गत रविन शर्मा , छवि न्यौपाने र पारसु अधिकारीलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको सबैभन्दा प्रतिष्ठित उपाधि “एजेन्सी एमभीपी २०२५” दधि दाहाललाई प्रदान गरिएको थियो।
कार्यक्रममा डीजे सेसन, नेटवर्किङ अवसर समेत आयोजना गरिएको थियो। विभिन्न पेशामा आवद्ध रियल्टर, मोर्टगेज अफिसर, हेल्थकेयर प्रोभाइडर तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा आपसी सम्बन्ध मजबुत बनाउने अवसर प्राप्त भएको सहभागीहरूले बताएका थिए।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य एजेन्टहरूको मेहनतको कदर गर्नु, आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा दिनु तथा समुदायबीच सहकार्य र सम्बन्ध विस्तार गर्नु रहेको जनाइएको छ।
















