बालबालिकाको अनलाइन सुरक्षाबारे पेन्सिलभेनिया प्रहरीको चेतावनी, रोब्लक्सजस्ता गेममा जोखिम
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनिया राज्य प्रहरीले लोकप्रिय अनलाइन गेम रोब्लक्स लगायतका गेमहरूमा लुकेका जोखिमबारे अभिभावकलाई सचेत गराएको छ।
प्रहरीका अनुसार धेरै अभिभावकले आफ्ना बच्चाहरू सुरक्षित वातावरणमा खेलिरहेका छन् भन्ने ठान्न मुर्खता रहेको बताएका छन् । वास्तविकतामा अनलाइन गेममा बच्चाहरूले अपरिचित वयस्कहरूसँग पनि खेल्न सक्ने खतरा हुने जनाइएको छ ।
राज्य प्रहरीका अधिकारी रोक्को गाग्लीयार्डीका अनुसार धेरै अभिभावकले ‘रोब्लक्स’ जस्ता गेमहरूलाई केवल ‘कार्टुन शैलीको साधारण खेल’ भनेर बुझ्ने गरेको बताएका छन् ।
उनले भने , ‘धेरै बच्चाहरू मोबाइल वा ट्याब्लेटमा गेम खेलिरहेका हुन्छन् । अभिभावकलाई लाग्छ उनीहरू आफ्नै उमेरका साथीहरूसँग खेलिरहेका छन् । तर वास्तवमा अनलाइनमा ३०, ४० वा ५० वर्षका वयस्क पनि खेलिरहेका हुन सक्छन् ।’
प्रहरीका अनुसार अनलाइन शिकारीहरू कहिलेकाहीँ समूह बनाएर साना बालबालिकालाई लक्षित गर्ने गरेको समेत जानकारी दिएका छन् ।
यो जोखिमबारे जानकारी दिन पेन्सिलभेनिया प्रहरीले नयाँ शैक्षिक प्रस्तुति समेत सुरु गरेको छ। यस कार्यक्रममा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने सिकाइनुका साथै अभिभावक र समुदाय समूहलाई सचेत गरिने बताइएको छ ।
यो कार्यक्रमहरू परिवार र समुदायका लागि निःशुल्क उपलब्ध गराइएको छ। प्रहरीका अनुसार अभिभावकहरूलेबच्चाले कससँग अनलाइन खेलिरहेको छ भन्ने बुझ्नु पर्ने, मोबाइल र गेमिङ प्रयोगमा निगरानी राख्नुका साथै अनलाइन सुरक्षाबारे बच्चालाई शिक्षा दिनु पर्ने बताइएको छ ।
यसले अनलाइन शोषण र जोखिमबाट बालबालिकालाई जोगाउन मद्दत गर्ने प्रहरीको विश्वास छ।















