हिमालयन तेक्वान्दो ह्यारिसबर्ग: दशौं व्याचका सात खेलाडीले पाए ब्ल्याक बेल्ट
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनियामा नेपाली भाषीको पहिलो तेक्वान्दो स्कुल हिमालयन तेक्वान्दो ह्यारिसबर्गबाट शनिवार दशौँ व्याचका सात खेलाडीले ब्ल्याक बेल्ट प्राप्त गरेका छन् ।
हिमालयन तेक्वान्दोका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्माका अनुसार शनिवार ब्ल्याक बेल्ट पाउनेहरूमा रेजिना सुब्बा, रोजन सुब्बा, शमिक घिमिरे, सहिका घिमिरे, इप्सा तामाङ, प्रयाञ्चु गुरुङ र साहिल तामाङ रहेका छन्।
हिमालय तेक्वान्दो सन् २०१८ मा स्थापना भएको हो ।
प्रमुख प्रशिक्षक शर्माका अनुसार अहिले सम्म यस स्कुलबाट ब्ल्याक बेल्ट पाउनेको संख्या ६० नाधेको छ। जस मध्ये शनिवार मात्र तेस्रो डान प्रिलिमेरीका लागि सुवर्ण शर्मा र एन्जलिस चापागाईँले परीक्षा दिएका छन्।
भर्जिनियाबाट आएका सिनियर मास्टर कृष्ण बलाल, सिनियर मास्टर जन स्ट्रयाक सहित मास्टर मोसा टोरी, मास्टर राम अधिकारी र मास्टर ओम विष्टले खेलाडीको परीक्षा लिएका थिए।
हिमालयन तेक्वान्दोमा अहिले एक सय ५० पचास जनाले नियमित प्रशिक्षण दिँदै आएका छन्।














