डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा
काठमाडौं । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ ।
रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा र रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउँदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए ।
२०४८ सालदेखि डडेल्धुरामा देउवाले लगातार जित्दै आएका थिए । सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उम्मेदवार बनेका थिए ।














