एलेनको कीर्तिमानी शतकसँगै न्युजिल्याण्ड टि-२० विश्वकपको फाइनलमा प्रवेश
कार्लाल,पेन्सिलभेनिया / आइसीसी टि-२० विश्वकप क्रिकेटमा मा इतिहास रच्दै फिन एलेनले सबैभन्दा छिटो शतक प्रहार गरेका छन्।
उनको विस्फोटक प्रदर्शनमा न्युजिल्याण्डले सन् २०२४ को उपविजेता दक्षिण अफ्रिकालाई नौ विकेटले पराजित गर्दै आगामी आइतवार हुने फाइनलमा स्थान सुरक्षित गरेको छ।
१७० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डका लागि एलेनले मात्र ३३ बलमा अविजित १०० रन बनाएका थिए । उनले १० चौका र आठ छक्का प्रहार गर्दै टोलीलाई ४३ बल बाँकी छँदै जित दिलाउन सफल भए ।
यसअघि क्रिस गेयलले सन् २०१६ मा इङ्गल्यान्डविरुद्ध ४७ बलमा शतक बनाएका थिए। एलेनले त्यो कीर्तिमान १४ बलले तोड्दै पुरुष टी–२० अन्तर्राष्ट्रियमा संयुक्त रूपमा तेस्रो सबैभन्दा छिटो शतक बनाएका हुन्।
टिम सेइफर्टले ३३ बलमा ५८ रन बनाउँदै उत्कृष्ट साथ दिए। दुवैले पहिलो विकेटका लागि ५५ बलमा ११७ रनको साझेदारी गरे। त्यसपछि एलेनले आक्रामकता झन् बढाउँदै रचिन रविन्द्रसँग ५६ रनको साझेदारीमा ११ बलमै ४२ रन जोडे।
टस हारेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सुरुवातमै दुई विकेट गुमाउँदै १२–२ को अवस्थाबाट खेल सुरु गरेको थियो । क्विन्टन दि नक १० र रायन रिर्कल्टन शून्य रनमा आउट भए।
मार्को जन्सेनले ३० बलमा अविजित ५५ रन बनाएर टोलीलाई १६९–८ को सम्मानजनक योगफलसम्म पुर्याए। उनले ट्रिस्टन स्टुब्ब्ससँग छैटौं विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए।
यता न्युजिल्याण्डका ओपनरको आक्रामक ब्याटिङअगाडि त्यो योगफल पर्याप्त हुन सकेन। पावरप्लेमै ८४ रन जोड्दै खेल एकतर्फी बनाइएको थियो।
प्रतियोगिताभर अपराजित रहेको दक्षिण अफ्रिका यस खेलमा दबाब झेल्न सकेन। यसअघि समूह चरणमा न्युजिल्याण्डलाई हराएको टोली सेमिफाइनलमा भने पूर्ण रूपमा दबाबमा देखिएको थियो ।
दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा खेलेका चार सेमिफाइनलमध्ये तीनमा हार बेहोरेको छ । त्यस्तै, पाँचमध्ये चार नकआउट खेलमा पराजित भएको छ। ५० ओभर विश्वकपमा पनि उसका सबै पाँच सेमिफाइनल हारमै टुंगिएका छन्।
यस जितसँगै न्युजिल्याण्ड उपाधि नजिक पुगेको छ ।















