अमेरिकाको पेन्सिल्भेनिया निवासी बैठालाई दिनेश गुप्ता प्रतिभा पुरस्कार
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / भोजपुरी साहित्यका उदयमान लेखक सुभाष कुमार बैठा यस वर्षको पहिलो दिनेश गुप्ता प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन्।
निर्णायक मण्डलले उनको दुई कृतिहरू उपन्यास ‘गांव’ र कविता संग्रह ‘लडाई जिनगी के’ लाई ग्रामीण परिवेशप्रतिको गहिरो बुझाइ र भोजपुरी भाषामा विशेष पकडका कारण उच्च मूल्याङ्कन गरेको छ।
पुरस्कारको संस्थापक दिनेश गुप्ताले भने, “सुभाष कुमार बैठाले आफ्नो मातृभाषामा लेखेर भोजपुरी साहित्यलाई समृद्ध बनाउनु भएको छ। यस्ता स्रष्टालाई सम्मान गर्नु मेरो लागि सौभाग्यको कुरा हो।”
पुरस्कारको राशी र सम्मान समारोहको मिति छिट्टै सार्वजनिक गरिने बताइएको छ।
बैठा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्(एनसीसी) अमेरिका पेन्सिल्भेनिया च्याप्टरका संस्थापक अध्यक्ष हुन्।
















