माउन्ट एभरेष्ट तेक्वान्दो सुरु
काठमाडौं / नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) सोमबारदेखि भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता २३ राष्ट्रका १ हजार २ खेलाडी सहभागी छन् । प्रतियोगितामा गेरोगी÷पुम्सेतर्फ जम्मा ७४ स्पर्धा समावेश छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको ४० वर्षमुनि मिक्स पुम्सेमा नेपालका जितबहादुर बोट र सीता तामाङले स्वर्ण जिते ।
पुरुष टिम पुम्सेमा नेपालका जितबहादुर बोट, प्रेमबहादुर लिम्बू र अन्जन चौधरीले स्वर्ण हात पारे ।
४० वर्षमुनि महिला एकल पुम्सेमा हङकङकी लि लाइ कोङ तथा पुरुषमा प्रेमबहादुर लिम्बू पहिलो भए ।
पुरुष ३० वर्षमुनि मलेसियाका हाउ केन चाउ, ३० वर्षमुनि पुरुष टिममा मलेसिया, ३० वर्षमुनि मिक्स पेयरमा मलेसियाले स्वर्ण जिते ।
















