नर्थक्यारोलिनामा पहिलो ल्होसार कप फुटबल शुरु
नर्थ क्यारोलिना, अमेरिका / नेपालीको महान् चाड ल्होसारको अवसरमा नर्थक्यारोलिनाको रालेमा पहिलो ल्होसार सकर कप शुरु भएको छ ।
केही समय अघि सकिएको तोला र सोनामा ल्होसार पछि फेबररी १८ बुधाबारदेखि शुरु हुने ग्याल्पो ल्होसारको अवसरमा फुके नेपाली एफसिले ल्होसार कपको आयोजना गरेको हो ।
प्रतियोगिताको सहआयोजकको रुपमा होफेक्स, हिमालयन क्लब र योलो फुटबल समुह रहेका छन । ३० वर्ष माथिको १ सय २० जना खेलाडीहरु सम्मिलित ८ टिमले प्रतियोगितामा भाग लिएका छन ।
पहिलो दिनको खेलमा बौद्धनाथले पशुपतिनाथलाई ३-० गोल अन्तरले हरायो । त्यस्तै अर्को खेलमा लुम्बिनीले मन्जुश्रीलाई ४-० ले हरायो ।
खेलमा संयम लामीछानेले रफ्रीको भुमिका निभाएका थिए भने क्याभिन घले र असिम पन्त लाइन्सम्यान थिए ।
नर्थक्यारोलिनाको रालेमा लामो समयदेखिन होफेक्सले नेपालीको महान् चाड दशैको अवसरमा दशै कप आयोजना गदै आएको छ भने यो वर्षदेखिन फुके नेपाली एफसिले ल्होसार कपको शुरुवात गरेको छ ।
यस पटकको ल्होसार कपमा सहयोग गर्ने व्यवसायीहरु दिन्डुलामा ह्योल्मो, माउन्ट एभरेष्ट प्रोपटी, सन्तोष खतिवडा एनएभि रियाल्टी, प्रेम प्रधान सनि रियाल्टी, सुजन न्यौपाने, जीतमान बस्नेत युनाइटेड रियाल्टी, अनिल शाह रियाल्टर लोन अफिसर, एभरेष्ट नेपाली किचन, मम हाउस, डिलिजेन्टस टाभल, संयम लामीछाने, पुस्पल रेग्मी, नवराज सुवेदी, भरत सुवेदी, डा युवराज कडेल र विवेक तामाङ रहेका छन ।
‘प्रवासमा हामी नेपालीले आफनो मौलिक चाड मनाउने यो अवसरका आपसमा आत्मीयता सटासाट गदै नेपाली समुदाय बलिलो बनाउनका लागी हामीले ल्होसार कप आयोजना गर्न पाउदा खुसी लागेको छ ।’ आयोजक समितिका सदस्य आङ छिरिङ शेर्पाले भने, ‘यो चाडको अवसरमा आयोजित ल्होसार कपमा सहयोग गर्ने सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ।’
उनका अनुसार खेल आगामी मार्चको ७ तारिख फाइनल हुनेछ । त्यही बेलुकी हिमालयन कम्युनिटिले आयोजना गर्न लागेको ल्होसार पाटी हुने भएको छ ।
स्थानीय साझा सस्था एनसीएनसीले कम्युनिटी पार्टनरको रूपमा सहयोग गरेको छ ।

















