देशैभरि उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौँ :अध्यक्ष घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आर्थिक रूपान्तरणको कुरा नगरी राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन नसक्ने धारणा राखेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको बताउँदै भाषण गरेर भन्दा पनि काम गरेर देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले आफूहरू अगाडि आएको बताए ।
उनले भने,‘आर्थिक रूपान्तरणको कुरा नगरीकन अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो छ । त्यसैले यो उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको छौँ । भाषण गरेर होइन, काम गरेर यो देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले हामी अगाडि आएका छौँ ।’
उनले उनेपाले प्रतिनिधिसभाको निर्वाचनमा धेरै सिट जितेर आउने विश्वास व्यक्त गरे । देशै भरी उज्यालो पार्टीको किल्ला बनाउने गरी आफूहरू जुटको उनको भनाई छ ।
‘अहिले प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छौ । हामी प्रतिस्पर्धामा छौँ र धेरै सिट जितेर आउने छौँ भन्ने विश्वास छ । देशै भरी उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौँ ।’
















