आइसीसी टी २० विश्व कप : इंग्ल्यान्ड विरुद्ध नेपाललाई १८५ रनको लक्ष्य
मुम्बई, भारत / आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले इंग्ल्यान्ड विरुद्ध एक सय ८५ रनको लक्ष्य पाएको छ।
वाङ्खेडे स्टेडियममा अहिले भइरहेको खेलमा इंग्ल्यान्डले नेपालविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएयो।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आक्रामक ब्याटिङ प्रस्तुत गर्दै नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।
इंग्ल्यान्डका लागि जेकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गर्दै इनिङ्स सम्हाले।
बेथेलले ३५ बलमा ५५ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे भने कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोडे। अन्त्यतिर विल ज्याक्सले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा अविजित ३९ रन बनाएर टोलीको स्कोर १८४ पुर्याए।
इंग्ल्यान्डको सुरुवात भने खासै राम्रो रहेन। फिल साल्ट १ रनमै आउट भए भने जोस बटलर २६ रनमा पभेलियन फर्किए। टम बान्टन र साम करन पनि सस्तोमा आउट भए। तर मध्यक्रममा बेथेल र ब्रुकको साझेदारीले इंग्ल्यान्डलाई मजबुत अवस्थामा पुर्यायो।
नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। शेर मल्लाले पनि १ विकेट हात पारे। यद्यपि करण केसी र कुशल भुर्तेल केही महँगो सावित भए।
जितका लागि अब नेपालले १२० बलमा १८५ रन बनाउनु पर्नेछ, जसका लागि आवश्यक रनरेट ९.२५ रहेको छ।
फोटो क्यान

















