भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु : ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाई मार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।
उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ ।
सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् ।
उनले नयाँ भाइ, भतिजा, छोराहरूको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए ।
उनले भने, ‘युवाहरू निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताऊँ भनेर, सूर्यको जित निश्चित छ । भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाइ, भतिजा, छोराहरूको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’
साथै, उनले झापालाई सूर्यमय बनाउनुपर्ने भन्दै त्यसका लागि योगदान गर्न सबै जिल्लावासीलाई आग्रह गरेका छन् ।
















