भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु : परराष्ट्र
काठमाडौं/ परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ।
मन्त्रालयले संघलाई पठाएको पत्रमा ” गैर आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ र सोही विधानको दफा २१.१० मा व्यवस्था भए बमोजिम “निर्वाचन अनलाइन अथवा भौतिक रुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु पर्नेछ ।” भन्ने व्यवस्था भए बमोजिम अधिकतम प्रतिनिधि भौतिकरुपमा उपस्थित हुने र उपस्थित हुन नसक्नेको हकमा विधानको व्यवस्था बमोजिम अनलाइन मार्फत सहभागी हुने गरी गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको ब्यहोरा निर्देशानुसार अनुरोध छ ।” भनी उल्लेख गरिएको छ l
परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसअनुसार आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न आग्रह गरेको छ।
परराष्ट्रको पत्र

















