अमेरिकी सिनेटद्वारा बन्दको समयसीमाभन्दा केही घण्टा अगाडि कोष प्याकेज स्वीकृत,
वासिङ्गटन डीसी / अमेरिकी सिनेटले सरकारी कोषको म्याद सकिनु केही घण्टा अगाडि एक कोष प्याकेज स्वीकृत गरेको छ ।
तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) सोमबारसम्म बिदामा रहेकाले अझै पनि छोटो समयका लागि कोषको अभाव हुने सम्भावना छ ।
माथिल्लो सदनले ७१–२९ मतले यो प्रश्ताव पारित गर्यो । जसले दुई दलीय समर्थनलाई सङ्केत गर्दछ ।
यो स्वीकृति अमेरिकी सिनेटका डेमोक्र्याटहरूले रिपब्लिकन र ह्वाइट हाउससँग बाँकी आर्थिक वर्षका लागि सरकारको केही हिस्सालाई कोष उपलब्ध गराउन पाँचवटा खर्च विधेयकका साथै गृह सुरक्षा विभागलाई कोष उपलब्ध गराउन एक अल्पकालीन उपाय पारित गर्ने सम्झौता गरेको एक दिन पछि आएको हो ।
यो विधेयक अब तल्लो सदनमा पठाइएको छ । जसलाई अनुमोदन गर्न अझै समय आवश्यक छ ।
सभामुख माइक जोनसनले द हिलको रिपोर्टअनुसार मतदान हुनु ७२ घण्टा अघि पाठ उपलब्ध हुनुपर्ने सदनको आवश्यकतालाई ध्यानमा राख्दै सदनमा प्रारम्भिक कारबाही सोमवार मात्र हुन सक्ने बताएका छन् ।
मिनियापोलिसमा संघीय प्रवर्तनद्वारा भर्खरै भएका दुई घातक गोलीकाण्डले डेमोक्र्याटहरूलाई अध्यागमन एजेन्सीहरूले कसरी काम गर्छन् भन्नेमा परिवर्तन खोज्न प्रेरित गरेको छ ।
रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य र मानव सेवा मन्त्रालय, श्रम मन्त्रालय, यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय लगायत धेरै अमेरिकी संघीय निकायहरूको कोष शनिवार समाप्त भएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















