ट्रम्पको चेतावनी: इरानतर्फ विशाल युद्धपोत जाँदैछ
वासिङ्गटन डीसी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै विमान वाहक पोत अब्राहम लिंकनको नेतृत्वमा रहेको र भेनेजुएला पठाइएको भन्दा ठूलो एउटा विशाल युद्धपोत इरानतर्फ जाँदै गरेको बताएका छन्।
उनले इरान चाँडै वार्ताको टेबुलमा आउने विश्वास समेत व्यक्त गरे।
एउटा निष्पक्ष र न्यायोचित सम्झौता गर्ने उनको विश्वास छ । अमेरिकी युद्धपोत आवश्यक परेमा गति र हिंसाका साथ आफ्नो मिशन पूरा गर्न सक्षम रहेको चेतावनी दिए ।
ट्रम्पले जुन २०२५ मा इरानी आणविक केन्द्रहरूलाई निशाना बनाएको अपरेशन मिडनाइट ह्यामरको पनि सन्दर्भ उल्लेख गर्दै सम्झौता नभएमा अर्को आक्रमण धेरै खराब हुने चेतावनी दिए।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
















