भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न
नयाँ दिल्ली/ भारत र युरोपेली संघले नयाँ दिल्लीमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको तीन दिने भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यस भ्रमणको मुख्य आकर्षण भारत–इयस मुक्त व्यापार सम्झौताको वार्ता सम्पन्न भएको संयुक्त घोषणा थियो ।
जसलाई सबै व्यापार सम्झौताहरूको जननी भनी वर्णन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यी सम्झौताहरू र घोषणा गरिएका थिए ।
जसले यस व्यापार सम्झौतालाई दुई अर्थतन्त्रहरू बीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताउनु भयो ।
भारतको परराष्ट्र मन्त्रालयका अनुसार हस्ताक्षरित सम्झौताहरूमा सन् २०३० तर्फः एक संयुक्त भारत–युरोपेली संघ व्यापक रणनीतिक एजेन्डा र ग्रीन हाइड्रोजन टास्क फोर्सको स्थापना समावेश छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
















